घोराहीमा उच्च आर्थिक सम्भावनाका चार क्षेत्र निर्धारण

नवीन अभिलाषी

दाङ, फागुन १४ । स्थानिय तथा प्रादेशिक आर्थिक विकास परियोजनाले घोराहीका लागि उच्च आर्थिक सम्भावना भएका चार क्षेत्रहरु निर्धारण गरेको छ । नेपाल सरकार तथा जर्मन सरकारको सहकार्यमा परियोजनाले घोराही उपमहानगरपालिका लगायत देशका बिभिन्न ११ नगरपालिकाहरु एवं ३ वटा प्रदेशहरुः सुदुरपश्चिम प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशमा कार्यक्रम गर्दैछ ।

यस परियोजना कार्यान्वयन अन्र्तगत उपमहानगरपालिकाभित्र रहेका विभिन्न आर्थिक सम्भाव्यता र आयका अवसरहरु प्रदान गर्ने क्षेत्रहरु एवं मूल्य श्रृंखलाहरु पहिचान गर्ने पहिलो चरणको कार्य प्रतिस्पर्धात्मक लाभको सहभागितामूलक विश्लेषण गरिएको हो । १३ दिनसम्म घोराही उपमहानगरपालिकाको नेतृत्व एवं स्थानीय सरोकारवालाहरुको सहभागीतामा सम्पन्न भएको प्रतिस्पर्धात्मक लाभको सहभागितामूलक विश्लेषणबाट प्रमुख चार वटा क्षेत्रहरु महत्वपुर्ण मानिएको छ ।

DG Mobile Dang

घोराही क्षेत्रमा तरकारी, कुखुरा पालन, माहुरी पालन र पर्यटन क्षेत्रलाई उच्च आर्थिक सम्भावनाको क्षेत्र मानेको हो । विश्लेषणमा आर्थिक विकाससँग सम्बन्धित स्थानीय विशेषज्ञहरु, सरोकारवालाहरु, जनप्रतिनिधिहरु एवं घोराही उपमहानगरपालिकाका विशेषज्ञहरुको सक्रिय सहभागिता रहेको थियो । जिआईजेडको प्राविधिक सहयोग एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुको सहजीकरणमा भएको विश्लेषणमा सरोकारवालाहरुसंग बिभिन्न चरणमा अन्तक्र्रियाहरु, गोष्ठीहरु, सर्वेक्षण तथा सूचनाहरुमा आधारित रही विविध क्रियाकलापहरुको पहिचान गरिएको थियो ।

आर्थिक विकासमा सहयोग पु¥याउन तरकारी क्षेत्र, कुखुरा पालन, माहुरी पालन र पर्यटनको विकास आवस्यक रहेको निश्कर्ष निकालिएको छ । मंगलबार घोराहीमा भएको कार्यक्रममा तरकारी क्षेत्रको सम्भावना बारे जानकारी गराउँदै खुशलराम घिमिरेले ठुलो परिणाममा उत्पादन भएपनि बजारीकरणको समस्या, विचौलीयाहरुको समस्या, कृषकहरु उचित मुल्य प्राप्त गर्न नसकेको चुनौतीहरु रहेको बताउनुभयो । उहाँले घोराहीमा अहिले पनि ठुलो मात्रामा तरकारी उत्पादन हुँदै आएको र सरकारी निकायको सहयोगमा तरकारी उत्पादनलाई विस्तार गर्दै बाह्य जिल्लामा निर्यात गर्ने र पकेट क्षेत्रको रुपमा विकास गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

कुखुरापालन क्षेत्रको बारेमा जानकारी दिदै जिपसरा घर्तिले लोकल कुखुरा, बदिया भाले, अण्डा उत्पादन, ब्रोईलर र लेयर्सको राम्रो सम्भावना रहेको बताउनुभयो । यस्तै चुडाराज गिरीले माहुरी पालनको बारेमा बताउँदै मह, घार, चाका तथा रानी माहुरी उत्पादनका लागि दाङ ज्यादै नै महत्वपुर्ण रहेको बताउनुभयो । तर माहुरी चरणको क्षेत्र खुम्चीदै गएको, कृषकहरुमा प्राविधिक ज्ञानको कमि रहेको बताउनुभयो । पर्यटन क्षेत्रको बारेमा बताउँदै सपना बोहराले घोराहीमा क्षेत्रमा रहेको धार्मिक, सास्कृतिक, प्राकृतिक स्थलहरुको विकासका लागि काम गर्न सक्ने हो भने उच्च आर्थिक सम्भावना रहेको बताउनुभयो ।

साथै परियोजनाले मध्यकालिन क्रियाकलापहरु समेत निर्धारण गरेको भन्दै जानकारी गराएको थियो । तरकारी र च्याउ सम्बन्धी कृषकहरूलाई प्राविधिक प्रशिक्षण सहयोग कार्यक्रम, प्राङ्गगारीक कृषि सम्बन्धी कार्यक्रम, कृषि उद्यमी इनक्युबेशन कार्यक्रम, कुखुरा फर्म, उद्यमी र उत्पादकहरूलाई कुखुरापालन तथा रोग व्यवस्थापन सम्बन्धी प्राविधिक प्रशिक्षण रहेका छन् । यस्तै मौरी चरन व्यवस्थापन र संरक्षणको नीति मुद्दाहरूको वकालत सम्बन्धी सहयोग, पर्यटन विकास रणनीति तयार सम्बन्धी कार्यक्रम, जलशायहरू (कृत्रिम पोखरी) प्रवर्धनको लागि सम्भावित सार्वजनिक, निजी साझेदारी कार्यक्रमको पहिचान गर्ने, साहशिक पर्यटनका लागि सम्भाव्यताहरूको पहिचान तथा अन्वेषण (प्याराग्लाइडिङ्ग, साइकलिंग, पैदल यात्रा, दौड) र होमस्टे प्रवर्धन सहयोगका लागि पनि उपमहानगरपालिकाले योजना बनाउन सक्ने छ ।

परियोजनाले यी योजनाहरु घोराही उपमहानगरपालिकाको आगामी वर्षको योजनामा समावेश गर्नेमा आफुहरु आशाबादी रहेको चुडाराज गिरीले बताउनुभयो । घोराही उपमहानगरपालिकाको बिकासको सपनालाई साकाररुप दिन यस प्रक्रियाले सहयोग पुग्ने विश्वास लिएको उहाँले बताउनुभयो । उपमहानगरपालिकाका आर्थिक विकास समितिका अध्यक्ष राममणी पाण्डेको अध्यक्षता तथा मेयर नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख चौधरीले कुरा भन्दा पनि काममा विस्वास गर्न आवस्यक रहेको बताउनुभयो । कृषिबाटै उद्यम र व्यवसायमा जाने गरी काम गर्न आवस्यक रहेको उहाँको भनाई छ । सफल उद्योगी तथा व्यवसायी एवं उद्योग बाणिज्य संघका प्रदेशका उपाध्यक्ष हेमराज बन्जाडेले राज्यका सबै निकायहरुले कृषि, पर्यटनको क्षेत्रमा काम गर्न आवस्यक रहेको बताउनुभयो । उहाँले किसानहरुको क्षमता अभिवृद्धिका लागि एकिकृत तालिमको व्यवस्था गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा विभिन्न क्षेत्रका कृषकहरुले आआफ्नो विषयमा अभिमत राखेका थिए ।