आज फाइनलको अन्तिम संघारमा युएनबिसी र सक्सेस, कस्ले मार्ला बाजी ?

दाङ, फागुन १४ । घोराहीमा भईरहेको लखन कपमा आज युएनबिसी र सक्सेस फाइनलमा भिड्ने भएका छन् । घोराहीमा जारी प्रथम सहिद लखन थापा मगर कप रनिङ शिल्ड फुटबल प्रतियोगीतामा मंगलबार भएको सेमिफाइनल पहिलो खेलमा युएनबिसीले बडहरालाई ४–२ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

युएनबिसीका डिफेन्स खेलाडी जर्सी नं. ८ का सविन वलीले लगातार ३ गोल गर्दै ह्याट्रिक गरेका छन् भने जर्सी न १३ का खेलाडी कपिल बुढाले १ गोल गरेका हुन् । निकै प्रतिस्पर्धात्मक भएको खेलमा युएनबिसीले ४ र बडहराले २ गोल गरेको हो । त्यसैगरी दोश्रो सेमिफाइनल खेलमा सक्सेस युबा क्लबले मेघा युवा क्लबलाई ७–१ गोलले पराजित गरेको छ । सेमिफाइनल खेलमा हारे पछी बडहरा र मेघा लखन कपबाट बाहिरिएका छन् ।

DG Mobile Dang

यस्तै फागुन १५ गते हुने भनिएको खेल मगर दिवस परेका कारण फागुन १४ गते नै फाइनल खेल हुने खेल संयोजक बुढामगरले जानकारी दिनुभयो । प्रतियोगीताको प्रथम पुरस्कार घोराही निबासी समाजसेवी गणेशप्रसाद रोका मगरले प्रदान गर्नुभएको छ । फाइनल खेल आज बुधबार दिउसो १२ बजे युएनबिसी र सक्सेस बिच हुनेछ ।

प्रतियोगीतामा उपाधि बिजेताले नगद एक लाख ११ हजार एक सय ११ रुपैया, शिल्ड र प्रमाण पत्र र उपविजेताले नगद ५५ हजाार ५ सय ५५ रुपैया, शिल्ड तथा प्रमाण पत्र प्राप्त गर्ने छन् ।