मेयरकप फुटवलका लागि खेलाडी छनौट सुरु

दाङ । घोराही उप–महानगरपालिका वडा नं. १४ ले मेयरकप फुटवलका लागि खेलाडी छनौट सुरु कार्यक्रम सुरु गरेको छ । आगामी महिना हुने मेयर कप फुटवलका लागि खेलाडी छनौट गर्न फुटवल प्रतियोगिता कार्यक्रम सुरु गरेको हो ।

Buddha International Hospital

Advertise with us

युवाका लागि खेलकुद विकास कार्यक्रम अन्तरगत फुटवल प्रतियोगिता आयोजना गरिएको हो । घोराही उप–महानगर पालिका वडा नं.१४ को आर्थिक सहयोग तथा यु.एन.वि.सी क्लवको आयोजनामा फुटवल प्रतियोगिता सुरु गरिएको वडा अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन वडा अध्यक्ष शक्तिराम डाँगी र घोराही उप–महानगरपालिकाका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख श्रीप्रसाद भट्राईले संयुक्त रुपमा गर्नु भएको थियो ।

त्यस अवसरमा बोल्दै वडा अध्यक्ष शक्तिराम डाँगीले वडा स्तरमै राष्ट्रिय खेलाडी उत्पादन गर्ने उदेश्यका साथ खेल संचालन गरेको वताउँनुभयो । वडामा भएका विभिन्न खेलाडी अन्तराष्ट्रिय स्तर सम्म पनि पुग्न सफल भएको वताउँदै स्थानीय स्तरमा खेलको बिकास गर्न प्रतियोगिताले सहयोग पु¥र्याएएने बताउँनुभयो । प्रतियोगितामा विभिन्न टोल विकास संस्थाका झण्डै एक सय खेलाडीको सहभागिता रहेको छ |