‘पुरा भयो साईकल चढ्ने सपना’

यमकला भुसाल

Buddha International Hospital

तुलसीपुर, पुस  । क्रियटिङ् पोसिबिलिटीज नेपालले दाङको देउखुरी क्षेत्रका पुर्वकमैया, कमलरी, गरिब तथा विपन्न वर्गका छोराछोरीहरुलाई साईकल वितरण गरेको छ । थारुहरुको महान पर्व माघीको उपलक्ष्यमा शुक्रबार गढवा गाउँपालिका वडा नं ५ चैनपुरमा कार्यक्रम गरेर साइकल वितरण गरेको हो ।

Advertise with us

संस्थाको शिक्षा सहयोग र क्यानाडाको एक संस्थाको सहयोगमा विगत ५ वर्षदेखि जिल्लाको देउखुरी क्षेत्रका विभिन्न क्षेत्रमा पुर्व कम्लहरी तथा विपन्न वर्गका परिवारहरुका लागी साइकल वितरण गर्दै आएको उहाँले बताउनुभयो । विद्यालय जाने बालबालिकालाई सहजता आवास र उनीहरुले त्यो साइकल घरायसी काममा समेत प्रयोग गर्न सकुन भन्ने उद्देश्यले साइकल बितरण गरिएको सापकोटाले बताउनुभयो ।

उहाँका अनुसार सस्थाँले यो वर्ष विभिन्न आमा समुह र गाउँपालिकाको साझेदारी संस्थाको विद्यालयमा पढेका विद्यार्थी र उद्यमी महिला समुहका महिलाहरु गरी कुल ७० जनालाई साइकल वितरण गरिएको छ । २०६८ साल देखि साइकल वितरण गर्दै आएको संस्थाले हालसम्म कुल ४ सय ९६ वटा साइकल वितरण गरेको जानकारी दिइएको छ ।

उक्त संस्थाले विगत १० वर्ष अघिदेखि देउखुरीका विभिन्न क्षेत्रमा मुक्त कमलहरी क्षेत्रमा काम गर्दे आएको बताउनुभयो । प्रति साइकललाई ८ हजार पर्ने र यस वर्ष ७० साइकललाई ५ लाख ६० हजार रुपैया परेको जानकारी दिनुभयो ।

कार्यक्रममा जनज्योति मावी मटेरीयामा कक्षा ६ मा पढ्ने अर्मिता कुमालले साइकल चढेर विद्यालय पढ्न जाने रहर पुरा भएको बताउनुभयो । साइकल पाएपछि आफु धेरै खुसी भएको भन्दै उहाँले भन्नुभयो, ‘पहिले पैदल हिडेर स्कुल जानुपथ्यो, धेरै समय लाग्थ्यो, तर अब साइकल चढेर सरर जान्छु ।’ त्यस्तै जनता मावी गढवामा कक्षा ६ मा पढ्ने पुनम चौधरीले साइकल पाएपछि ज्यादै हर्षित भएको बताउनुभयो । साइकलको प्रयोगले विद्यालय जान, आउन र मेलापात गर्न पनि सहजिलो हुने उहाँले बताउनुभयो ।

त्यस्तै सम्झना आमा समुहकी सदस्य सुमित्रा गुप्ता पनि साइकल पाएपछि धेरै खुसी भएको बताउनुभयो । ‘पहिले त म पनि साइकल चलाउँथे, बिचमा बिरामी भएर छोडे तर अब फेरी साइकल चलाएर कामकाज गर्न जानेछु ।’ क्रियटिङ् पोसिबिलिटीज नेपालका अध्यक्ष किरण मान्धरको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गढवा गाउपालिकाका अध्यक्ष सहजराम यादवले २१ औ शताब्दीमा आउँदा पनि थारु चेलीहरु जोखिममा रहनु बिडम्बना भएको बताउनुभयो ।

साथै कार्यक्रममा लायन्स संस्थाका सयोजंक मान बहादुर क्षेत्री, विद्यार्थी सुष्मा चौधरी लगाएतले मन्तव्य राख्नुभएको थियो । पुर्व कमलहरी विद्यार्थी सुनिता चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाकी महिला संयोजक सरिता चौधरीले गर्नुभएको थियो ।

Advertise with us