राप्ती गाउँपालिकामा कटाई-सिलाई तालिम शुरु

फागुन २,मसुरीया | राप्ती गाउँपालिका वडा नं १ मा तिन महिने र दुई महिने गरि दुई चरणको कटाई सिलाई तालिमको सुरुवात गरिएको छ ।
राप्ती गाउँपालिका वडा नं १ को स्वकिृत वार्षिक कार्ययोजना र गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगतको गरि दुई स्थानको तालिमको राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले तालिमको उद्घाटन गर्नुभएको हो ।


साथै गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत र वडा नं १ का गरिव विपन्न महिलाहरुको शिप अभिबृद्धि गर्ने उदेश्यका साथ तालिमको सुरुवात गरिएको वडा सदस्य स्यामलाल पोखे्रलले जानकारी दिनुभएको छ ।

Blog Post Ad

कटाई सिलाई तालिमको उद्घाटन कार्यक्रममा उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, वडा अध्यक्ष तारा बहादुर डिसी। हरुत बहादुर गुरुङ लगायतकले तालिममा सहभागीहरुलाई सफलताको सुभकामना दिनु भएको छ ।

Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *