वडा कार्यालय भवनको शिलान्यास

फागुन, २ मसुरीया | राप्ती गाउँपालिक वडा नं २ को कार्यालय सञ्चालनका लागि निर्माण सुरु गरिएको वडा कार्यालय भवनको विहिवार शिलान्यास गरिएको छ ।


धार्मीक मन्त्र उच्चारणका साथ सुसासन कायम गर्न र नागरिकको सेवाको लागि भवन समयमै सम्पन्नभै सेवा प्रवाहमा सहजहोस भन्ने कामना गर्दै शिलन्यास गरिएको हो । ९ कोठे भुकम्प रहित भवन निर्माणको जगहल्नु पुर्व राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि तथा वडा नं २ का वडा अध्यक्ष जगत बहादुर थापाले संयुक्त रुपमा शिलन्यास गर्नु भएको हो ।

DG Mobile Dang

करिव ९० लाख लागतमा टेन्डर प्रक्रियामा आर जि निर्माण सेवा प्युठानले निर्माणको जिम्मा पाएको वडा भवन आगामी पुष मसान्त सम्म सम्पन्न गरिसक्ने निर्माण कम्पनीका प्रतिनिधि कमल घर्ति मगरले जानकारी दिनुभएको छ ।