दाङमा पनि छुर्पी उत्पादन

लमही, पुस २७ । दाङमा पहिलो पटक छुुर्पी उत्पादन शुरु भएको छ । लमही नगरपालिका–५ को उद्यमशील कृषि बहुद्देश्यीय सहकारी संस्थाले गाईको दूधबाट छुर्पी उत्पादन शुरु गरेको हो । संस्थाका व्यवस्थापक विश्वप्रकाश अधिकारीका अनुसार गाईको दूधबाट छुर्पी उत्पादन गरेर सहकारीमार्फत नै बजारमा लगिएको छ ।

Blog Post Ad

Blog Post Ad

बजारमा माग धेरै भए पनि अहिले दैनिक १५ किलो मात्रै उत्पादन गरिरहेको अधिकारीले बताउनुभयो । “बजारमा धेरै माग छ”, उहाँले भन्नुभयो “तर दैनिक १५ किलो मात्रै उत्पादन हुने गर्छ ।”

साथै संस्थाले दुग्ध परियोजना सञ्चालन गरेको छ । किसानले उत्पादन गरेको दूध खरिद गरेर ‘पाश्चवराइज्ड’ प्रविधिबाट दूध, दही प्रशोधन गरेर बजारमा पु¥याइरहेको समेत उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *