आज फेब्रुअरी १४ प्रणय दिवस

तुलसीपुर २ फागुन | विश्वभर आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदै छ । फेब्रुअरी १४ मा मनाइने यो दिवस नेपालमा पनि केही वर्षयता विशेष चाडकै रूपमा मनाउन थालिएको छ । पश्चिमी देशमा फेब्रुअरी १४ तारिखमा मनाउने भ्यालेन्टाइन डे पछिल्ला समयमा नेपालमा पनि मनाउन थालिएको हो ।

नेपालका शहरी क्षेत्रमा यसको प्रभाव धेरै पाइएको छ । यो दिन आफूले प्रेम गरेको र मन परेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने, रातो गुलाबलगायत उपहार दिने गरिन्छ । इटालीका पादरी सेन्ट भ्यालेन्टाइनले तत्कालीन नियमविरुद्ध सैनिकहरुको प्रेम विवाह गराइदिएको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।

सैनिकको विवाह गराइदिएका पादरी भ्यालेन्टाइनलाई तत्कालीन शासकले मृत्युदण्ड दिए पनि उनी प्रेमी–प्रेमिकाका लागि सधैँ अमर रहेको भन्दै फेब्रुअरी १४ मा प्रणय दिवस मनाउन थालिएको हो । प्रणय दिवसको दिन विशेषगरी गुलाबको फूल दिएर प्रेम अभिव्यक्त गर्ने भएकाले आज गुलाबको फूलको कारोबार बढी हुने व्यवसायीले बताएका छन् ।

DG Mobile Dang