कुवेतमा दाङका एक जना सहित ६ जना नेपालीको मृत्यु

दाङ, २ फागुन | कुवेतमा दाङका एक सहित ६ जनाको मृत्यु भएको छ । वैदेशिक रोजगारीमा गएका उनिहरुको ढिस्कोमा पुरिएर मृत्यु भएको हो । घटनामा परी दाङका श्यामनारायण चौधरी मृत्यु भएको छ ।

मृत्यु हुनेमा अन्य पाल्पाका एकबहादुर गाहा , सिरहाका गंगाराम चौधरी , ताप्लेजुङका वसन्त गुरुङको सनाखत भएको र दुई मृतकको भने सनाखत हुन बाँकी रहेको दूतावासले जनाएको छ ।

दुई घाइतेमध्ये धर्मेन्द्रकुमार शाहको कुवेतस्थित जाहरा अस्पतालमा उपचार भइरहेको र मनोरथ मण्डल उपचारपछि कम्पनीमा फर्केको बताईएको छ ।

DG Mobile Dang

कुवेतको मुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा बालुवा र ग्राभेलको ढिस्कोले पुरिँदा चार जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।