सवारी दुर्घटनामा परी नायिका सिलवालको मृत्यु

फागुन १ । नेपाली चलचित्रकी नायिका महिमा सिलवाल र उहाँकी बहिनि सर्मिला सिलवालको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । बुधबार साँझ भैरहवाबाट काठमाडौं जाँदै गरेको लु २ ख १३५ नम्बरको बस र काठमाडाबाट चितवनतर्फ आउँदै गरेको बा ९८ प ७०५८ नम्बरको स्कुटी एक आपसमा ठोक्किदाँ दिदी बहिनिको मृत्यु भएको प्रहरीले बताएको छ ।

गजुरी-२ चाम्बास भन्ने ठाउँको घुम्तीमा बस र स्कुटी एक आपसमा जुधेको थियो। उहाँहरु काठमाडौँबाट चितवन घर आउन लाग्नुभएको थियो । प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ भने उहाँको शव पोस्टमार्टमको लागि गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ।

DG Mobile Dang

भरतपुर महानगरपालिका–१२ शिवनगरकी महिमाले ‘कारवाही’ चलचित्रबाट डेब्यु गर्नुभएको थियो । त्यसयता उहाँले ‘अप्रिल फुल’, ‘चियर्स’, ‘दानव’, ‘जिग्लो’लगायत चलचित्रमा काम गर्नुभएको छ । उहाँले एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा पनि काम गरिसक्नुभएको थियो ।