ईप्रका तुलसीपुरले आफ्नै भवनबाट सेवा दिने

यमकला भुसाल

तुलसीपुर,१ फागुन । ईलाका प्रशासन कार्यालय तुलसीपुरले फागुन १ गते देखि आफ्नै भवनबाट सेवा सुभारम्भ गरेको छ । बिहिवार एक कार्यक्रमका बिच तुलसीपुर उपमहानगरपालिका वडा नं ५ स्थित राप्ती प्रादेशिक अस्पताल देखी उत्तर तर्फ रहेको आफ्नै नवनिर्मित भवनबाट कार्यालयले सेवा सुभारम्भ गरेको हो । २०५१ सालमा स्थापना भएको ईलाका प्रशासन कार्यालयले यस अघि तुलसीपुर उपमहानगरपालिका वडा नं ९ स्थित दोघरेबाट मासिक १५ हजार भाडा तिरेर सेवा दिइरहेको थियो । अब भने त्यो समस्याको अन्त्य भएको छ ।

DG Mobile Dang

उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले सेवाग्राहीहरुलाई अझै थप सेवा सुविधा दिन नयाँ भवनको सुभारम्भ गरिएको बताउनुभयो । उहाँले नागरिक मैत्री सरंचना निमार्ण गर्न सके गुणस्तरीय रुपमा सेवा दिन सकिने पनि बताउनुभयो । नयाँ भवनको सबै काम पुरा भएको छ,उहाँले भन्नुभयो,–बाकीँ रहेको पार्किङ् र पर्खाल निमार्ण गर्ने कामको भने टेण्डर प्रक्रिया अन्तिम चरणमा पुगेको छ,एक महिना भित्र त्यो काम पनि सम्पन्न गर्नेछौँ ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले ईलाका प्रशासन कार्यालयले आफ्नो सेवा प्रभावकारी बनाउन जनतासगं जोडिएर काम गर्नुपर्नेमा जोड दिनुभयो । अहिले तिनै तहका सरकारहरुले जनतालाई शिघ्र सेवा,तिब्र रुपमा दिनका निमत्ती लागी परेको बताउनुहुदै पाण्डेले सेवाग्राहीको मन जितेर काम गर्न आग्रह पनि गर्नुभयो । उहाँले सुविधा सम्पन्न नयाँ भवनबाट सेवा लिदाँ सेवाग्राहीहरुले पनि लाभ लिने विस्वास समेत व्यक्त गर्नुभयो ।

त्यस्तै ईलाका प्रशासन कार्यालयका निमित्त प्रमुख श्रीधर टण्डनले भवन निमार्णका लागी २ करोड ९५ लाख ५४ हजार ६ सय ७ रुपैया लागत अनुमान गरिएको भएपनि २ करोड ५८ लाख ९१ हजार १ सय ३० रुपैयामा निमार्ण सम्पन्न भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार २०७४ असार २५ गतेको सम्झौंतामा २०७६ असार मसान्तमा निर्माण पुरा गर्ने गरि निर्माण सेवाले कामको जिम्मा लिएको भएपनि ३ महिना म्याद थपेर गत असोज २० गते काम पुरा गरेको हो । नवनिर्मित भवनमा कार्यालय प्रमुख क्वार्टर सहित १६ वटा कोठा छन भने कार्यालयको ६ सय ७७ दशमलव २६ वर्ग किलोमिटर कुल क्षेत्रफल रहेको प्रमुख टण्डनले जानकारी दिनुभयो ।

उहाँले प्रभावकारी सेवा प्रवाहका लागी अत्यधिक कार्यचाप र अत्यन्तै न्युन जनशक्ती,सेवाग्राही मैत्री बातावरणको लागी प्रयाप्त जमिनको अभाव,निमार्णधिन कार्यहरु समयमै गुणस्तरीय रुपमा सम्पन्न गनुपर्ने चुनौती,सुचना प्रविधिमैत्री कार्यालय बनाउने चुनौती र निर्मित संरचनाको संरक्षण तथा मर्मत सम्भार लगाएतका चुनौतीहरु रहेको समेत जानकारी दिनुभयो ।

सो अवसरमा रासस दाङ प्रमुख नारायणी रजौरे,ईलाका प्रशासन कार्यालय भवन निमार्ण अनुगमन उपभोक्ता समितिका अध्यक्ष खुमानन्द अधिकारी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।