जेष्ठ नागरिकलाई न्यानो फाइबरको सिरक


शिवु खनाल
देउखृुरी, २७ पुस | देवप्रसाद चौधरी लमही नगरपालिका वडा नम्बर ४ घुम्ना निवासी हुनुहुन्छ । चौधरीको उमेर ७२ वर्षको भयो । शुक्रवार विहान लमही नगरपालिका वडा नम्बर ४ को वडा कार्यालयमा चौधरी भेट हुनुभयो ।

Advertise with us

Buddha International Hospital

लमही नगरपालिकाले जेष्ठ नागरिकहरुलाई न्यानो फाइबरको सिरक निशुल्क वितरण गर्न लागेको रहेछ त्यही सिरक लिन आएको हु, चौधरीले भन्नुभयो’– पुसको जाडो, त्यही माथि हामी बुढाबुढीलाई चिसो छेक्ने न्यानो कपडा नभएको, जाडो कसरी कटाउने कुरा खेल्थ्यो मनमा, चौधरीले भन्नुयो । पहिलो चोटी जनप्रतिनिधि आएपछि यो फाइबरको सिरक पाइयो, हामी जेष्ठ नागरिकहरुको सम्मान गर्नुभयो जनप्रतिनिधिहरुले, खुसि लाग्यो । ओछ्याएर सुन्ते कपडा थिएन, किन्ने पैसा पनि थिएन ।


चौधरी मात्रै होईन, सोही ठाउँ निवासी ८० वर्षकी लोकी देवीले पनि फाईबरको सिरक पाउनु भएको छ । राती दश बजे सम्म हामी बुढाबुढीले चुलोमा आगो तापेर आधा रात विताउछौँ, चिसो हुन्छ, ओढ्ने राम्रो सिरक थिएन, आर्थिक स्थिती कमजोर छ, लोकी देवीले भन्नुभयो’– हामी बुढाबुढीको पनि कोही आफ्नो रहेको जस्तो लाग्यो आज । सिरक मात्रै नभएर अन्य कुराहरुमा पनि सहयोग गरिदिए राम्रो हुने थियो , लोकी देवीले भन्नुभयो ।


यस्तै जेष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख केसीले सम्मान गर्ने विकासको आवश्यक रहेको बताउदैँ, नगर भित्र रहेका सम्पूर्ण जेष्ठ नागरिकहरुलाई नितिगत रुपमा सम्मान गर्ने र यो कार्यलाई निरन्तरर्ता दिने बताउनुभयो । केसीले स्थानिय सरकाले सोचको विकास गर्न खोजेको भन्दै, समाजमा रहेका कुरीतीहरुलाई अन्त्य गर्ने बताउनुभयो ।

लमही नगरपालिका उप–प्रमुख देवका बेल्वासेले नगरका सम्पूर्ण वडाहरुमा आगामि दिनहरुमा पनि यि र यस्ता कार्यक्रमहरु ल्याउने बताउदै, जेष्ठ नागरिकहरुको सम्मा गर्नुपर्ने बताउनुभयो । वडा नम्बर ४ को कार्यालयले आफ्नो वडा क्षेत्र भित्र रहेका १ सय २७ जना जेष्ठ नागरिकहरुलाई न्यानो फाइबरको सिरक वितरण गरेको छ । वडा कार्यालयले ७० वर्ष नागेका १ सय २७ जना जेष्ठ नागरिकहरुलाई दुई लाखको न्यानो सिरक वितरण गरेको वडाध्यक्ष सुवास न्यौपानेले बताउनुभयो ।

जेष्ठ नागरिकहरुलाई अन्य कार्यक्रमहरु पनि रहेको न्यौपानेले जानकारी दिनुभयो । शान्ति नगर टोल विकास संस्थाको आयोजना तथा लमही नगरपालिका वडा नम्बर ४ को वडा कार्याालयको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सहजिकरण स्थानिय सनम नेपालीले गर्नु भएको थियो ।।