काेराेना संक्रमण भएका ४७४० उपचारपछि डिस्चार्ज

एजेन्सी- चीनमा देखा परेकाे काेराेना भाइसका कारण मृत्यु हुनेकाे संख्या १ हजार १ सय १३ पुगेकाे छ।

याे भाइरसबाट चीनमा मंगलबारसम्म ४४ हजार ६ सय ५३ जना संक्रमित भएका छन्। यस्तै हङकङमा ४९, ताइवानमा १८ र मकाउमा १० संक्रमणका घटना फेला परेका छन्।

DG Mobile Dang

४ हजार ७ सय ४० जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको कोरोना भाइरस नियन्त्रणका लागि प्रयास भइरहेकाे छ। भाइरसको सुरुवात हुबेई प्रान्तबाट भएकाे थियाे।