सिन्धुपाल्चोकमा कोरोनाको त्रास, रुघाखोकीबाट ८४ जना बिरामी

सिन्धुपाल्चोक, २९ माघ | सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा कोरोनाको लक्षणसँग मिल्ने रुघा, खोकी र अत्यधिक ज्वरोले गाउँले बिरामी परेका छन् । कोरोनाको लक्षण मात्र भएको र शंका गर्ने आधार नरहेको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईले बताउनुभयो ।

जुगल गाउँपालिकाको गुम्बामा स्वास्थ्यकर्मी, औषधिहरु र माक्स खरीद गरी पठाइसकेको चापागाईले जानकारी दिनुभयो । कोरोना जस्तै लक्षण भएपनि यहाँका मानिसको चीनसँग आउजाउ नभएकोले कोरोना नै हो भन्ने आधार नरहेको उहाँको भनाई छ ।

गत विहीबारबाट यस्तो लक्षण देखिन थालेपछि बिरामी हुनेको संख्या ८४ पुगेको गाउपालिका अध्यक्ष होम नारायण श्रेष्ठले बताउनुभयो । विरामी परेका ८४ जनाको अवस्था भने सामान्य रहेको छ । संक्रमण देखिएकाहरुलाई अरु व्यक्तिसँग सम्पर्कमा नआउन र छुट्टै बस्न स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् ।

DG Mobile Dang