बालापन र बालसंरक्षणमा बयस्कहरुको भुमिका : अधिवक्ता विनु श्रेष्ठ

बालबालिका भनेका त्यस्ता मानवहरु हुन् । जसलाई आमाबाबु वा वयस्कहरुको चाहना अनुसार यस संसारमा आमन्त्रण गरेका हुन्छन् । मानव जीवनमा बालापन केवल एक पटकमात्र आउछ । जो मानव जीवनकै समधुर पल बनेर जिवनभरि मिठो अनुभुति दिलाउछ तर सबैको बालापनले मिठो अनुभुति नै दिलाउछ भन्ने चाहि छैन ।


DG Mobile Dang
जब बालबालिका सुरक्षित र संरक्षित भएर हुर्किन पाएनन् भने त्यो समय त्यस्ता व्यक्तिका लागी सधै विझाउने पल बनेर रहिरहन्छ । यदि त्यो बेला बालबालिका संरक्षित भएनन् भने पछि पछुताउनु बाहेक अरु केही हुदैन । जिल्ला बाँके कि सुनुमाया (नाम परिवर्तन) जब ९ बर्षकि थिइन ।उनकि आमा घास काटन गएका बखत घरमा एक्लै देखि छिमेकिबाट सामुहिक बलत्कारमा परिन ।अहिले उनि २० २१ बर्षकी भई सकेकी छिन । न त्यो घटना उनि भुल्न सक्छीन न समाजले नै भूल्नदिईरहेको छ ।

उनको आमा सधै भन्ने गर्छिन म किन छोरीलाई छोडेर एक्लै घास काटन गए । म त्यो पललाई भुल्ने वा रोक्ने त्यस्तो केहि उपाय भए जति पैसा वा मिहीनेत गरे पनि म त्यो काम गर्दथे भन्छीन ।

यिनि त हाम्रोसमाजकी एउटा प्रतिनिधिमुलक पात्र मात्रै हुन् । यस्ता धेरै बाल संरक्षण सम्बन्धि घटनाहरु हाम्रा समाजमा घटेका छन र घटीरहेका छन । बालबालिकामाथि हुने सवै खालका दुव्र्यवहार , शोषण,हेला, वेवास्ता वा उपेक्षा वा हेलाक्रयाई, हिंसा अनि भेदभावबाट उनिहरुलाई जोगाउनु नै बालसंरक्षण हो ।सामान्यरुपमा बुझदा बालबालिकामाथि हुने वा हुनसक्ने सवै खालका नियोजित तथा अनियोजित हानी तथा नोक्सानीबाट उनिहरुको संरक्षण गर्नु भनेको नै बालसंरक्षण हो । हामी वयस्कहरु बाल संरक्षक र बालदुव्र्यवहारकर्ता दुवै हौ् ।

कतिपय अवस्थामा बालबालिकाहरु (सानो उमेरका, जोखिम तथा दुव्र्यवहारमा परेका) आफ्नो हक अधिकारको बारेमा बोल्न वा दावि गर्न सक्दैनन् ठिक वा वेठिक छुट्टाउन नसक्ने तथा प्रतिकार गर्न नसक्ने भएकोले सधै जोखिममा पर्नसक्ने सम्भावना रहन्छ । जसलाई विशेष किसिमको संरक्षण र स्याहार आवश्यकता पर्दछ ताकि उनीहरु भोलि एक सक्षम वयस्क भएर आफ्ना व्यक्तिगत, पारिवारिक र सामाजिक उत्तरदायित्वहरु वहन गर्न सक्षम व्यक्ति बन्न सकुन् ।

जसले वयस्कका खासगरी आमाबाबुका आकांक्षाहरु तथा चाहनाहरुमा काध थापिदिनेछन् भनेर विश्वास गरिन्छ । पारिवारीक स्थिति तथा वातावरण, उमेर, परिपक्कता सक्षमता, अनुभव,उनिहरुले पाएका अवसरहरु, सामाजिकीकरणका कुराहरुले बालबालिकाहरु वीच ज्यादै ठूलो विविधता छ ।

त्यसकारण व्यक्तिगत र व्यवसायिक जीवनमा बालबालिकासंग र उनीहरुको हितमा कामगर्दा हामी वयस्कमा पर्याप्त ज्ञान, बुझाई, धारणा, सीप र दक्षताका साथै विधि र प्रक्रियाहरु आवश्यक हुन्छन् । बालबालिकालाई संरक्षण गर्न नसकिएमा उनिहरुको भविष्य सुनिश्चित हुन सक्दैन । संस्कारको नाममा परम्परागत हानिकारक अभ्यासहरु पनि समाजमा व्याप्त रहेका छन ।यसले बालबालिकाको बृद्धि र विकासमा नकारात्मक असर पार्ने तथा मनोबल कमजोर बनाउने कार्य गर्दछ । जस अन्र्तगत महिनावारि हुदाको बखत गरिने फरक व्यवहार (जस्तै छाउपडि) ,देउकी,झुमा आदि पर्दछन ।

नेपालमा ९२ प्रतिशत भन्दा बढि बालबालिकाले बिना ज्याला घरभित्र र बाहिर काम गरेको पाईएको छ ९क्यगतज ब्कष्ब(अजष्मिचभल ष्ल बिदयच बलम झउयिथmभलत(क्ष्ीइ द्दण्ज्ञछ०। १५ बर्ष मुनिका ५,००० बालिकाहरु व्यापारिक प्रयोजनका क्रममा यौन शोषणमा परेका छन् (क्यगचअभस् क्ष्एभ्ऋ, द्दण्ण्द्द)। बालबालिकालाई अनुशासनमा राख्ने बाहनामा प्रत्येक ४ जना बालबालीकामा ३ जना बालबालिकाले घर, समाज मा शारीरिक दण्ड र सजाय पाएको देखिन्छ ।

२०१३ मा अमेरिकी सरकारले गरेको एक अध्ययनले १८ वर्ष मुनिका २० प्रतिशतबालिकाहरु कुनै न कुनै रुपमा विक्री तथा बेचविखन र यौनशोषणमा परेका छन् । विभिन्न तथ्याकहरुलाई हेर्ने हो भने अनाथ तथा परित्यक्तबालबालिकाहरु बढी हिंसामा पर्ने गरेका हुन्छन । विकासात्मक गडबड का कारणले पनि बालबालिकाहरूले अस्वस्थ व्यवहार देखाउंछन्, जस्तै (आत्मसम्मानमा कमी, रिसाउने, चिन्ता लिने, सुस्त मनस्थिति, सिकाइ असमर्थता, व्यवहारजन्य असन्तुलन भविष्यको डर, अनिश्चितता, द्विविधा आदि रजीवनको लक्ष्य छनोट गर्न नसक्नु आदि कारणले पनि अस्वस्थ व्यवहार प्रदर्शन गर्न सक्छन् भन्ने कुरा हामी वयस्कले थाहा पाउन अती आवश्यक हुन्छ ।

नेपालको संविधान २०७२ को मौलिक हकको धारा ३९को उपधारा ७ मा समेत कुनै पनि बालबालिकालाई घर,विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारिरीक मानसिक वा अन्य कुनै पनि किसीमको यातना दिन पाईने छै भनेर प्रष्ट उल्लेख गरेको छ संविधानको धारा ३९ अन्तर्गत बालबालिकाको हक शीर्षकमा १० वटा उपधारामा बालबालिकाको विकास, संरक्षण, सहभागिता लगायतको हकको प्रत्याभूति गरिएको छ ।

जसमा कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन पाइनेछैन । कुनै पनि बालबालिकालाई बालविवाह, गैरकानूनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न पाइने छैन । कुनै पनि बालबालिकालाई सेना, प्रहरी वा सशस्त्र समूहमा भर्ना वा प्रयोग गर्न वा सांस्कृतिक वा धार्मिक प्रचलनका नाममा कुनै पनि माध्यम वा प्रकारले दुव्र्यवहार, उपेक्षा वा शारीरिक, मानसिक, यौनजन्य वा अन्य कुनै प्रकारको शोषण गर्न वा अनुचित प्रयोग गर्न पाइने छैन ।

असहाय, अनाथ, अपांगता भएका, द्वन्द्वपीडित, विस्थापित एवम् जोखिममा रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण र सुविधा पाउने हक हुनेछ ।संविधानको भाग–४ मा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व अन्तर्गत धारा ५१ मा राज्यका नीतिहरू उल्लेख गरिएको छ ।

तीमध्ये केहि नीतिहरु बालबालिकासंग समेत सम्बन्धित देखिन्छन् ः श्रम र रोजगार सम्बन्धी नीति ःबालश्रमलगायत श्रमशोषणका सबै रुपको अन्त्य गर्ने ।, सामाजिक न्याय र समावेशीकरण सम्बन्धी नीति ः बालबच्चाको पालन पोषण, परिवारको हेरचाहजस्ता काम र योगदानलाई आर्थिक रुपमा मूल्याङ्कन गर्ने । बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिक रुपमा ध्यान दिने कुरा को व्यवस्था भएको छ ।
कानुनी भाषामा भन्नु पर्दा अठार बर्ष पुरा नगरेकोलाई बालबालिका भनिन्छ ।

मुलुकी अपराध संहिता ऐन २०७४ र मुलुकी देवानी संहिता ऐन २०७४ मा बालबालिकाको संरक्षण सम्वन्धिका ब्यवस्थाहरु गरेको छ जस्तै ः. मुलुकी देवानी संहिता ऐन २०७४ कोलदफा १२० नाबालकले श्रमिकको रूपमा काम गर्न नहुने १२६. मातृक तथा पैत्रिक अख्तियारी प्रयोग गर्ने व्यक्तिको अधिकार, जिम्मेवारी र कर्तव्य ः दफा १२९ आचरण तथा बानी व्यवहारमा सुधार गराउन सक्ने लगायतका व्यवस्थाहरु गरेको छ ।

त्यसै गरि मुलुकी अपराध संहिता ऐन २०७४ मा बालबालिकालाई संरक्षण सम्वन्धिका ब्यवस्थाहरु गरेको छ बालबालिकाबाट गराएको कसूरमा उमेर पुगेकोलाई सजाय हुने दफा ४५ मा बालबालिकालाई हुने सजाय का व्यवस्थामा पनि दिशान्तरको कुरालाई लिएर आएको छ । दफा १७३ बाल विवाह गर्न नहुने व्यवस्था गरेको छ जसमा विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन गरे गराएमा सजायको समेत व्यवस्था रहेको छ । दफा २२५ मा बालयौन दुरुपयोग गर्न नहुने भनि उल्लेख गरेको छ ।

विभिन्न तथ्याक र कानुनमा व्यवस्था भएका कुराले के पुष्टी गर्दछ भने बालबालिकाहरु शारिरीक वा मानसिक रुपमा सुरक्षित र संरक्षित हुन सकेनन भने बालबालिकाको सकारात्मक सोचाइको बृद्धिमा असर पु¥याुउँदछ । त्यसै गरि बालबालिका सम्बन्धि ऐन २०७५मा समेत बालसंरक्षण र विकासलाई विशेष प्राथमिकतामा राखेको देखिन्छ ।

यसमा विशेष उदेश्यमा बालबालिकालाई सम्मान, संरक्षण र परिपुर्ति गरिनु पर्छ र बालबालिकाको सर्वोत्तम हितलाई ख्याल गर्नु पर्ने भन्ने कुरा देखाउछ । यस ऐनले बालबालिकालाई कुनै पनि प्रकारको दण्डसजायलाई पुर्णरुपमा प्रतिबन्ध गरेको छ । यस ऐनमा अभिभावकको कर्तव्यलाई प्रष्टरुपमा उल्लेख गरेको छ जसमा आफना बालबालिकालाई शारिरीक र मानसिक दण्ड सजाय बिना नै योग्य र सभ्य नागरिक बनाउने कर्तव्य तोकेको छ ।

यदि संरक्षक वा परिवारका अन्य सदस्यले आफनो दायीत्व पुरा नगरेमा त्यस्ता आमाबाबु वा परिवारका सदस्य वा संरक्षकलाई एक लाख रुपैया सम्म जरिवाना हुनसक्ने व्यवस्था गरेको छ ।बेलायतमा भर्खरै भएको एक अध्ययनले बाल्यकालमा दण्ड सजायभोगेका बालबालिकाले २७प्रतिशतले वयस्कमाकुनै न कुनै अपराध संलग्नहुने देखाएको छ । तसर्थ सभ्य र शिक्षित नागरिक बनाउन जिम्मा अब हामी बयस्कहरुको काधमा आएको छ । । बालबालिकाको आवाज बनेर समाजमा बालबालिकालाई सुरक्षित र संरक्षित राख्नु पर्ने दायित्य रहेको छ ।

तसर्थ अब हामी बयस्क के गर्न सक्छौं होला…………….
चेतनाः सम्पूर्ण व्यक्तिहरु बालबालिकाप्रतिको दूव्र्यवहारजन्य व्यवहार तथा बालबालिकामाथि आईपर्ने खतरा प्रति सचेत छन् भन्ने कुरा सुनिश्चित पारेर । रोकथामः चेतना तथा सकारात्मक तथा राम्रा आचरण एवं अभ्यासद्वारा बालबालिकामाथि आइपर्ने खतरालाई कम गर्न कार्य गरेर ।

प्रतिवेदनः बालबालिकाको संरक्षणसम्बन्धी सवाल उठ्दा कुन कदम चाल्ने भन्नेबारे स्पष्ट भएर । कार्वाही गर्नेः सम्भावित दूब्र्यबहारजन्य ब्यवहारसम्बन्धी सवाल उठ्दा सम्वन्धित बालबालिकालाई सहयोग तथा संरक्षण दिने काम तथा कारवाही हुन्छ भन्ने कुरा सुनिश्चित पारेर ।
‘बालबालिका आज हुन हामी भोलि भनेर उनिहरुलाई पर्खाउन सक्दैनौ तसर्थ बालबालिकाको संरक्षणमा आजै बाट जुटौ ’