मृत्यु संस्कारमा बहस आवश्यकः मुख्य मन्त्री पोखरेल

कोको पुगे स्वर्गीय झुविया चौधरीलाई श्रदाञ्जली दिन फोटो हेर्नुस्

रीता लामा

प्रदेश नम्वर पाँचका मुख्य मन्त्री शंखर पोखरेलले पछिल्लो समय मृत्यु संस्कारमा पनि वहस आवश्यक भएको बताउनुभएको छ । परम्परागत संस्कारका रुपमा गरिने १३ दिनको काजकिरिया समय अनुसार निकै कष्ठकर मानिएको तर पुरानो संस्कार भएको हुदाँ छोड्न पनि नसकिरहेको अवस्थामा समय सुहाउदो मृत्यु संस्कारको विषयमा बहस चलाउने पर्ने देखिएको बताउनुभएको छ ।
आधुनिकता र व्यस्त जीवन शैलिलाई मध्य नजर गर्दै समाजले यसलाई परिमार्जन गर्नुपर्ने उहाँको सुझाव थियो । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीका आमा भुविया चौधरीको निधन भएको १२ औ दिनको अवसरमा नगर प्रमुख चौधरीको घरमा नेपाल कम्युनिष्ठ पाटीले आयोजना गरेको श्रदाञ्जली सभामा बोल्दै उहाँले अव समाजसुधारकोलाई ध्यान दिनुपर्ने पर्ने धारणा राख्नुभयो । ‘नेपालमा समाज सुधार गर्न खोज्ने, परिवर्तगामी सोच राख्नेलाई अराजगतावादी सोचिन्छ ।’ उहाँले भन्नुभयो ‘अव यो विषयलाई पनि सरलिकृत कसरी गर्न सकिन्छ भनेर सोच्ने समय आएको छ ।’

Advertise with us
यस्तो विषयलाई क्रमश जनताको साथ लिएर, जनताको अभिमतबाट मात्रै समाजिक संस्कार सुधार गर्नुपर्ने बताउनुभयो । समाजलाई सँगसगै लिएर मात्रै समाज सुधारमा लागे त्यो सार्थक रहने उहाँको भनाई थियो ।

Buddha International Hospital


नगर प्रमु नरुलाल चौधकीकी ममतामयि आमा झुमिया चौधरीलाई श्रदाञ्जली दिनको लागि प्रतिनीधिसभा सदस्य मेटमणि चौधरी, शान्ता चौधरी, भागवत विश्वासी लगायतका पुग्नुभएको थियो । त्यस्तै प्रदेश सांसद उत्तकुमार वली, उपमहानगरकी उपमेर सीता न्यौपानले पनि श्रदाञ्जली व्यक्त गर्नुभएको थियो ।

 

Advertise with us