दङ्गीशरणमा हुने महोत्सवको तयारी पुरा

दिप्तीशिखा चौधरी

दङ्गीशरण गाउँपालिकामा भोली देखी शुरु हुन गईरहेको दुई दिने माघी बिशेष सांस्कृतिक महोत्सवको तयारी पुरा भएको छ ।

Buddha International Hospital

कार्यक्रम हुने स्थानमा स्टेज देखी लीएर गाउँपालिका को चौकचौकमा स्वागत गेट बनाउने सम्पूर्ण कार्य सकिएको छ । “थारु सस्ंकृती भेषभुषा हमार पहिचान,दङ्गीशरण गाउँपालिका हमार शान ”भन्ने मूल नाराका साथ हुन लागेको माघी साँस्कृतिक कार्यक्रमको उद्धघाटन आन्तरीक मामिला तथा कानुन मन्त्री कुल बहादुर के।सी।ले गर्ने कार्यक्रम संयोजक श्री प्रशाद चौधरीले बताएका छन् ।

Advertise with us

त्यस्तै कार्यक्रममा नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरी, प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी, प्रदेश सभा सदस्य उत्तर कुमार वली,धमकली चौधरीको आतिथ्यता रहनेछ ।महोत्सवमा २२ वटा नाच दर्ता भएका छन् ।