जेसीजलाई दुर्गम गाउँसम्म लैजानुछ

जेसीज युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने एक मात्र विश्वव्यापी संस्था हो । यस संस्थामा १८ वर्ष देखि ४० वर्ष उमेर सम्मका युवाहरु आबद्ध हुने गरेका छन् । एक ब्यक्ति, एक पद, एक कार्यकालको योजना सहित काम गर्दै आएको जेसीजका दाङमा चार वटा शाखा रहेका छन् । जेसीजका सबै शाखाहरुमा अहिले नयाँ नेतृत्व आएको छ । लमही जेसीजमा सपना पाण्डेसँग लमहीबाट पत्रकार शिवु खनालले गरेको कुराकानीको सारसक्षेप प्रस्तुत छ ।

सपना पाण्डे पण्डित

अध्यक्ष, लमही जेसीज

DG Mobile Dang

सर्वप्रथम यहालाइ बधाई छ ?

धेरै धेरै धन्यवाद गणतन्त्र राष्ट्रिय दैनिक पत्रिका र तपाईलाई

लमही जेसीज कस्तो प्रकारको संस्था हो ?

सर्वप्रथम त लमही जेसीज भनेको अठार वर्षदेखि चालिस वर्षविचका युवाहरुको नेतृत्व र व्यक्तित्वको विकास गर्ने संस्था हो । लमही जेसीज संस्थाले आफ्नो स्थापनाकालदेखि अठार वर्षदेखि चालिस वर्षविचका युवाहरुलाई संगठित गरी नेतृत्वसंगै व्यक्तित्वको पनि विकास गर्दै आएको अन्तराष्ट्रिय संस्था हो । लमही जेसीज नेपाल अधिराज्य भरी एक सय पचाँस भन्दा बढी छन् । विशेषगरी युवाहरु भित्र रहेको क्षमतालाई समाजमा उजागर गर्दै नेतृत्वसंगै व्यक्तित्वको विकास गर्दै समाजमा सकारात्मक सोँचका साथ रुपान्तरण गर्ने र हरेक विकासका कामहरुमा पर्ने आवस्यकका लागि विशेष भुमिका खेल्ने छ । अहिले युगमा युवा विना राष्ट्र कुनैपनि काम गर्न सक्ने अपस्था छैन । सोही कारण नेतृत्व र व्यक्तित्पको विकास गर्दै समाजमा रहेका सम्पूर्ण युवाहरुलाइ राष्ट्र निर्माण नेतृत्व गर्न सिकाउने जेसीज संस्था हो । युवाहरुकै जेसिज संस्था हो र आगामि दिनहरुमा पनि एउटा महिला नेतृ भएको नाताले महिलाहरुलाइ पनि नेतृत्वको पहुँचमा लैजानुपर्छ भन्ने उद्देश्यका साथ अगाडि बढेको छु ।

अवको लमही जेसीजका योजनाहरू केके छन् ? कसरी काम गर्ने सोँच बनाउनु भएको छ ?

सर्वप्रथम म लमही जेसीजको अध्यक्ष पदमा चयन भैसकेसिछ मैले ल्याएको योजनाहरु शहरमुखि भन्दा पनि दुर्गम गाउँमुखि रहेको छ । दाङको विशेषगरी गढवा र राजपुर गाउँपालिकाका नाकाहरुमा नाकास्तरीय केन्द्रीत कार्यक्रमहरु रहेका छन् । नेपाल भारतको सिमा क्षेत्रमा बसोबास गर्दै आएको हाम्रो नाकावासीहरुको लागि लमही नगरपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिका संग सहकार्य गरी विभिन्न नाकाहरुमा निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने मुल्य योजना रहेको छ । केही महिना अगाडि राजपुर गाउँपालिका वडा नम्बर १ पटौलीनाकामा आगलागी हुदा मैले व्यक्तीगत राहात संकलन गरि लमहीका पत्रकार सरहरुको सहयोगमा अग्निपीडित कहाँ राहात लिएर पनि पुगेकी थिए । त्यती बेला म लमही जेसीजको उपाध्यक्ष पनि थिए । अव आउने योजनाहरु शहरमा भन्दा दुर्गम गाउँमा केन्द्रीत हुने छन् । त्यति बेला मलाइ सबैको साथ र सहयोग पनि उतिकै चाहिन्छ । साथै युवाहरुलाइ विभिनन आयमुलक तालिमको माध्यमबाट नेतृत्व र व्यक्तीत्वको विकास गर्ने । सबै भन्दा व्यक्तीको विकास हुन आवश्यक पनि देखेकि छु । वार्षिक योजनाहरु पनि थुप्रै छन् ।

एक वर्षको कार्यकालमा यति धेरै काम गर्न गाह्रो होला नी ?

जेसीज संस्था समाजकै आफ्नै संस्था हो । यो संस्थाको माध्यमबाट सरसफाई देखि समाजमा रहेका अति गरिब र जेहेन्दार बालबालिकालाइ शैक्षिक सामाग्री वितरण गर्ने र शैक्षिक शुल्क दिने सोच बनाएको छु । शिक्षाक्षेत्रमा लाग्ने खर्चहरु उपलब्ध गराउने । चुलोचौकोमा सिमित भएका महिलाहरु विभिन्न तालिमको माध्यमबाट उनिहरु भित्र रहेको क्षमतालाइ उजागर गर्ने जस्ता कार्यक्रमहरु संचालन गर्ने सोँच बनाएको छु । यसका साथै लमही जेसिजको जेसिज सप्ताह कार्यक्रमलाइ पनि निरन्तरर्ता दिनेछु ।

घर परिवारबाट हजुरलाइ सपोट कस्तो छ ?

लमही जेसीजमा आज भन्दा चार वर्ष अगाडि प्रवशे गरेकी हुँ । शूरु शूरुमा घरबाट खासै सपोट भएन । जेसीज भनेको के हो, यो संस्थाले केके काम गर्छ र केके गर्दै आएको छ भन्नेबारे केही जानकारी थिएन । मनै अन्योलमा थिए तर, पछि विस्तारै जेसीजको बारे जानकारी भएपछि युवाहरुलाइ संगठित गरी नेतृत्व र व्यक्तित्व विकास गर्ने सामाजिक संस्था भएकोले यस संस्थाप्रति रुचि बढ्दै गयो । यो संस्थामा महिला भन्दा बसढि पुरुषहरुको सहभागिता हुने र महिलाहरुको सहभागिता निकै कम हुने थियो तर शूरुका दिनहरमा भन्दा घरबाट अहिले राम्रो सपोर्ट पाएको छु । जस्ले गर्दा अहिले लमही जेसिजको नेतृत्व समाल्ने मौका पनि पाएको छु । घर परिवारको सपोट विना बाहिरको सपोटले पुग्दैन । किन भने सर्बप्रथम त परिवारको नेतृत्व राम्रो गर्न सकिएन भने बाहिर गएर अन्य संघसंसथामा नेतृत्व गर्न सकिदैन भन्ने मेरो बुझाइ छ ।

तपाईं लमही जेसीजको दोस्रो महिला अध्यक्ष हो, महिलाहरूको लागि लमही जेसीजबाट के कस्ता महिलामैत्री योजनाका कार्यक्रम छन् ?

लमही जेसीजको दोस्रो महिला नेतृको रुपमा अध्यक्षमा चयन भएपछि महिलाहरुलाइ पनि यस जेसिज संस्थामा कसरी ल्याउन सकिन्छ । घरको चुलोचौकोमा मात्रै सिमित रहेका महिलालाइ कसरी नेतृत्व पंक्तिमा लैजान सकिन्छ भन्ने यस्ता विभिन्न महिलामैत्री कार्यक्रमहरु संचालन गर्ने बृहत योजना बनाएको छु । अझ विशेषगरी ग्रामिण र अति विकाट क्षेत्रमा रहनु भएका महिला दिदि बहिनीलाइ लक्षित गरि महिलामैत्री कार्यक्रमहरु गर्ने योजना रहेकोछ । महिलाहरुलाइ स्वास्थ्य क्षेत्रमा पाठेघर सम्बन्धी जानकारी, त्यसैगरी महिलाहरुलाइ सेनेटरी प्याड वितरण गर्ने, लगायतका विभिन्न महिलाहरुका लागि चेतनामुलक कार्यक्रमहरु अगाडि सारेको छु ।

अन्त्यमा केही छुट्यो कि ?

म लमही जेजिको अध्यक्ष भैसकेपछि मैले गर्ने कार्यक्रम र लमही जेसिजका योजनाहरु मिडिमा क्षेत्रमा ल्याउन सहयोग पु¥याउनु हुने गणतन्त्र राष्ट्रिय दैनिक परिवारलाइ हृदयदेखि आभार प्रकट गर्न चाहान्छु । साथै लमही जेसिजको अन्य कार्यक्रमहरुमा पनि यहाँहरुको अमुल्य साथ र सहयोगको अपेक्षा गर्दछु ।