मोडलिङमा यनीको यौवन

नवीन अभिलाषी
दाङ
धरानकी यनी राई अहिले काठमाण्डौमा छिन् । २० वर्षीया उनी फेसन शो, मोडलिङ, म्युजिक भिडियो, नृत्य र अध्ययनमा ब्यस्त छिन् । यनी पछिल्लो युवा पुस्ताको प्रतिधित्व गर्दै रंगमञ्चको दुनियामा काम गर्दै छिन् ।

DG Mobile Dang

सानै देखि कलाकारितामा काम गर्ने रहर पालेकी यनी काठमाण्डौ आएको जम्मा चार वर्ष पुगेको छ । तर काठमाण्डौ आए लगत्तै उनले आफ्नो क्षमता प्रर्दशन गरेर विभिन्न म्युजिक भिडियो र सर्ट मुभीहरुमा काम गरीरहेकी छिन् । त्यति मात्र हैन, आफ्नो अध्ययनलाई सक्रियताका साथ अगाडी बढाईरहेकी यनीले अहिले फेसन शो का विभिन्न कार्यक्रमहरुमा सहभागी हुन्छिन् । अझ पछिल्लो समय देशका विभिन्न भागमा हुने मेला महोत्सव जस्ता कार्यक्रममा नृत्यका लागि उनको खोजी हुन थालेको छ ।

   यनी राई कम बोल्ने तर मंगोल अनुहारले निक्कै सुन्दर र ब्यस्त मोडल हुन् । अहिलेको समय निक्कै प्रतिस्पर्धात्मक भएका कारण काम गर्न गाह्रो भएको भन्दै उनले आफ्नो क्षेत्रमा मेहनत गर्न सके सकैसँग प्रतिस्पर्धा गर्न नपर्ने बताउछिन् । सिक्दै र काम गर्दै आएकी यनीले डान्सको नियमित कक्षा समेत लिईरहेकी छिन् । ‘कामको आधारमा अरु भन्दा आफुलाई फरक बनाउने हो, मेहनत गर्ने हो र आफ्नो क्षमता बलियो भयो भने त्यति गाह्रो पनि छैन, तर कलाकार बन्ने सपना त अहिले धेरैको छ, त्यो भएर प्रतिस्पर्धा चलेको हो ।’ यनीले बताईन् ।

बाबु आर्मी र आमा शिक्षकको छोरी यनी धरानमै मिस एलएलसीमा सहभागी भएकी यनी त्यसपछि काठमाण्डौ आएकी हुन् । विशेष गरी अध्ययनका लागि काठमाण्डौ पुगेकी यनीलाई घरबाट अहिले राम्रो सहयोग समेत छ । जस्का कारण कलाकारिता क्षेत्रमा काम गर्न उत्प्रेरणा मिलेको यनीले बताईन् ।

आधा दर्जन म्युजिक भिडियोमा काम गरेकी यनीलाई अब ठुलो पर्दाको चलचित्रमा समेत काम गर्नका लागि अफर आउन थालेका छन् । ‘आँखाको दुई परेली…’, ‘मेरी माया…’ जस्ता सुन्दर गीतहरुमा अभिनय गरेकी यनीले आधा दर्जन भन्दा बढि सन्देशमुलक सर्ट मुभीहरुमा काम गरेको बताउछिन् ।