महायज्ञको तयारी तिब्र


घोराही, २६ पुुस | बराह क्षेत्र माध्यमिक विद्यालयको भौतिक पुर्वाधार सुुधार तथा प्राविधिक शिक्षा संचालनका लागि सहयोगार्थ हुुन लागेको महायज्ञको तयारी तिब्र पारिएको छ । घोराही उपमहानगरपालिका–१३ सेवार बनगाँउमा रहेको विद्यालयले यही माघ ३ गते देखि ११ गते सम्म संचालन गर्न थालेको महायज्ञको तयारी तिब्र परिएको हो ।

Buddha International Hospital
Advertise with us

महायज्ञ सफल बनाउन दाताको पहिचान, विभिन्न शिक्षा संग सरोकावाला संघ भेटघाट एवं प्रचार प्रसार तिब्र पारिएको महायज्ञ मुल आयोजक समितिका संयोजक विमला योगीले जानकारी दिनुुभयो ।

महायज्ञ संचालनका लागि घोराहीको कर्मचारी मिलन केन्द्र महायज्ञस्थल सरसफाई अन्य कामहरु भईरहेको उहाँले बताउनुुभयो । मुुल आयोजक समितिले आज घोराहीमा पत्रकार भेटघाट गरेर शिक्षाको विकासका लागि महायज्ञ सफल बनाउन सबैमा आग्रह गर्नुुभएको छ ।

मुुल समिति संयोजक केसीको अध्यक्षतामा भएको पत्रकार भेटघाटमा विद्यालयका प्रधानाध्यापक बाल्मी केसी, प्रध्यापक अर्जुुनकुुमार बुुढाथोकी, महायज्ञ उपसमितिका संचार संयोजक विष्णुु आर्टले महायज्ञ सफल गर्न सबैमा आग्रह गर्नुुभयो ।