ज्योति मगरको संघर्षको कथा

गाउँमा पढ्ने वातावरण नभएपछि मावि तह पढ्न उनी दाङ घोराही आइन्, २०६० तिर।

तुलसीपुरमा गीत गाउन जाउँ न– ज्योतिले धेरैलाई अनुरोध गरिन्, कोही तयार भएन। ज्योतिलाई जसरी पनि भाग लिनु थियो, त्यो दोहोरी गीत प्रतियोगितामा, जो दाङ तुलसीपुरमा हुँदै थियो। जसमा भाग लिन दुई केटा र दुई केटीको समूह चाहिन्थ्यो। स्कुल बिदा थियो।

भर्खरै रोल्पाबाट दाङ घोराहीमा पढ्न आएकी उनले धेरै साथी चिनेकी थिइनन्। उनले सम्भ्किइन्, सँगै पढ्ने तुलसा बस्नेतलाई, जो साथीहरूमाझ यत्तिकै नाच्न–गाउन अघि सर्थिन्। ज्योति एक घन्टा हिँडेर तुलसाको घर गिठेपानी पुगिन्।

ज्योति सम्झन्छिन्, तुलसाले भनी– मलाई बुवाले जान त दिनुहुन्न तर भागेर जाऊँ। समूहका लागि दुई पुरुषको अभाव कायमै थियो। तुलसीपुर पुगेपछि भने प्रतियोगिताका आयोजकले नै उनीहरूको समूह बनाइदियो।

DG Mobile Dang

समूहले प्रतियोगिता हार्‍यो तर ज्योतिले जितिन्। उनले उत्कृष्ट महिला गायनको पुरस्कार पाइन्। जहाँ–जहाँ नाच्न–गाउन ज्योति मञ्चमा उत्रन्छिन्, त्यहाँको माहोलै बदलिन्छ– युवा र वृद्धवृद्धासमेत ज्योतिको गीत, नृत्य, ठट्टा, भावभंगीसँगै भावावेश हुन्छन्।

ज्योतिको उपस्थितिमै युवा जमात जोसिन्छ, एक प्रकारले त्यहाँ जीवन र यौ,वन ऊर्जाको आगो नै सल्कन्छ। रेडियो स्वर्गद्वारीबाट उद्घोष भयो– लोकगीत प्रतियोगिता सम्पन्न, ज्योति मगर उत्कृष्ट गायिका।

ज्योति आफ्नो पहिलो ठूलो सफलता सम्झन्छिन्, पत्रिका र रेडियोमा मेरै नाम, त्यतिबेला म थामिनसक्नु खुसी भएँ, खुसीले खुट्टा काँपिरहेझैँ लाग्थ्यो। यो खबर सुनाउन उनी खुसीले उफ्रँदै रोल्पा घर पुगिन्। घर–परिवारले उनलाई स्याबासी दियो।

त्यही जितको ऊर्जाले उनी आज गायिका तथा मोडल ज्योति मगर भएकी छन्। उनको त्यो खुसी र सफलतामा साथी तुलसाको ठूलो हात थियो। तर, दाङ छाडेर काठमाडौं आएदेखि उनले तुलसालाई भेट्न पाएकी छैनन्।

ज्योति भन्छिन्, उसलाई भेट्ने मन छ। जिम्माल बाउकी छोरी चानचुने त कहाँ हो र, जिम्माल बाउकी छोरी१ अँध्यारोमा लाको माया काली छौ कि गोरीरु गोरी ज्योति मगरलाई यही गीतले नेपाली लोकसंगीत आकाशमा चम्कायो।

देशसँगै विदेशमा हुने नेपाली सांगीतिक कार्यक्रममा उनको माग बढ्दो छ। जहाँ–जहाँ नाच्न–गाउन ज्योति मञ्चमा उत्रन्छिन्, त्यहाँको माहोलै बदलिन्छ– युवा र वृद्धवृद्धा समेत ज्योतिको गीत, नृत्य, ठट्टा, भावभंगीसँगै भावावेश हुन्छन्। ज्योतिको उपस्थितिमै युवा जमात जोसिन्छ, एक प्रकारले त्यहाँ जीवन र यौवन ऊर्जाको आगो नै सल्कन्छ।

सफल र चर्चामा रहेकै व्यक्तिलाई समाजले आरोप लगाउनु स्वाभाविकै हो। ज्योतिलाई पनि आरोप छ– मञ्च तताउन र चर्चा कमाउन उनी अं ग प्रदर्शन बढी गर्छिन्। छोटा लुगा लगाउने यहाँ म मात्रै छैन। म राम्री त होइन तर मेरो अदा नै त्यस्तो छ, म जहाँ जान्छु, त्यहाँ माहोलै अर्को हुन्छ।

म जे हुँ, जहाँसुकै त्यही हुन्छु। ममा संक्रीर्णता छैन, खुलेर बोल्छु, ज्योति स्पष्टीकरणसँगै प्रश्न गर्छिन्, मलाई स्टेजमै धेरै दर्शक किस गर्न आउनुहुन्छ। यसरी आउनेमा केटीहरू र वृद्धाहरू नै बढी हुनुहुन्छ। मेरो प्रस्तुति भ ,ल्ग ,र भएको भए वृद्धाहरूले मलाई किन माया गर्नुहुन्थ्योरु देशमा मुखिया–जिम्मावालको जगजगी ढलेको धेरै भइसकेको छ, अवशेष भने अझै पाउन सकिन्छ। राजपरिवारलाई देउता मान्ने, मुखिया–जिम्मावालका सन्तानलाई उच्च ठान्ने चिन्तन र चेतनाको चरणरेखा लामो छ।

त्यही चरणचिह्नबाट निस्केको शब्द हो– जिम्माल बाउकी छोरी। जुन शब्द गाएर ज्योति चर्चामा आइन्, त्यो कसरी जन्म्यो होलारु रामजी खाँड र मैले यो गीत बनाएका हौँ। काली छौ कि गोरीसँग अन्त्यानुप्राश मिलाउन मात्रै जिम्माल बाउकी छोरी राखिएको हो, ज्योति भन्छिन्, यो समाजकै कुरा हो।

अहिले चर्चामा रहेकी ज्योति विकट र दुर्गम जिल्ला रोल्पाकी हुन्। साधारण किसान परिवारकी उनले यो चर्चा र सफलता पाउनु चानचुने होइन। उनी यहाँसम्म कसरी आइन् तरु नाच्ने(गाउने परिवार र संस्कृति ज्योति साधारण किसान परिवारकी हुन्। रोल्पा त्यो जिल्ला हो, जसलाई तत्कालीन वि द्रोही माओवादीले यु, द्धको आधारभूमि बनाएको थियो।

युद्धको बाछिटाबाट ज्योति पनि अछुतो रहिनन्। द्वन्द्वकालमा रोल्पाका प्रायः विद्यालय प्रभावित भए। गाउँमा पढ्ने वातावरण नभएपछि मावि तह पढ्न उनी दाङ घोराही आइन्, ०६० तिर। त्यतिबेला रोल्पाका धेरै विद्यार्थी दाङ आएर पढ्थे। दाङमा उनका आफन्त पनि छन्। गाउँले वातावरणमै कहिले आफन्त त कहिले डेरामा बसेर पढिन्।

ज्योतिका लागि दाङ प्रतिभा प्रस्फुटन गर्ने मञ्च भइदियो। नृत्य र गायनको प्रशिक्षण भने ज्योतिले आफ्नै संस्कृति र परिवारबाट लिएकी हुन्। रोल्पा मगर बाहुल्य जिल्ला, ज्योति जन्मेको नुवागाउँमा पनि मगरकै बाहुल्य छ। संस्कृतिको धनी जाति हो, मगर। ज्योतिको बुवा नै विभिन्न मगर नाच नाच्थे। ज्योति परिवारसँगै नाचेर, गाएर हुर्केकी हुन्।

मेरो बुवा पनि विभिन्न मगर नाच ताल र चाल छोपेर नाच्नुहुन्थ्यो, ज्योति हाँस्दै भन्छिन्, मेरो हजुरबुवाले त गीत गाएरै हजुरआमालाई पट्याउनुभएको रे१ उनी पढ्ने स्कुलमा शिक्षक थिए, उनकै काका वीरेन्द्र। वीरेन्द्रका पाला रोल्पामा स्कुल त्यति थिएनन्।

सदरमुकाम लिवाङ पुगेर एसएलसी गरेका उनले ७ कक्षासम्मलाई गणित पढाउँथे। उनी आफ्नो जमानामा वरपरका गाउँ र जिल्लामा हुने गायन, वाद्यवादन प्रतियोगितामा पुग्थे। जब स्कुल पढाउन थाले, उनले आफ्नो रुचिको विषयलाई प्राथमिकता थिए। स्कुलमा हर शुक्रबारजसो सांस्कृतिक कार्यक्रम गरिरहन्थे। ज्योति भन्छिन्, मेरो खास गुरु काका वीरेन्द्र नै हुनुहुन्थ्यो।

उहाँले मलाई नाच्न, गाउन सिकाउनुभयो। त्यस्तो वातावरण दिनुभयो। कलाप्रति उहाँको पूजा र अभिरुचि नभएको भए, ममा नाच्ने–गाउने रहर बढ्दैनथ्यो। स्कुलको सांस्कृतिक कार्यक्रम र गाउँमा हुने रंग–रमाइलोमा ज्योतिको परिवारका सदस्यकै प्रस्तुति बढी हुन्थ्यो।

ज्योति २ कक्षामा पढ्दादेखि नै थुप्रै मानिसको अगाडि नाच्न थालेकी हुन्। स्कुलको वार्षिकोत्सव थियो। उनी यत्तिकै पनि नाच्ने, गाउने गरिरहन्थिन्। सबैलाई भनियो– कार्यक्रममा नाच्ने, गाउने, बजाउने वा अन्य प्रतिभा देखाउनेले नाम टिपाऊ। चिन्नेजान्नेले ज्योतिको पनि नाम लिए। उनी चुपचाप स्विकारिन् र नाचिन्।

दुई कक्षा पढ्ने म नाच्ने भएपछि मेरो काका खुसी हुनुभयो, सम्झन्छिन्, ए तँ पनि नाच्छेस् भनेर दंग पर्नुभयो। ०५४ मा भएको स्थानीय निर्वाचनताका ज्योति तीन कक्षामा पढ्थिन्। उनको गाउँमा एमाले सक्रिय थियो। परिवर्तनका गीत र भाषण लिएर पुग्थ्यो। एमालेले नुवागाउँमा कार्यक्रम गर्ने भयो। उनकी आमाले भनिन्, तँ एमालेको कार्यक्रममा गएर गाउँछेस् भने म गीत बनाइदिन्छु।

ज्योतिले पहिलोपटक आमाले लेखिदिएको गीत गाइन्। उनकी आमाले घरमै अक्षर चिन्न सिकेकी हुन्। उनले लेखिदिइन्– हुरुरुरु चल्यो बतास, खोजेर हिँड्छौँ हक र अधिकार शान्ति र न्याय कता छरु ज्योतिले पहिलोपटक आफ्नै आमाले लेखिदिएको गीत गाएकी हुन्। गायनप्रति लगाब ज्योतिले पढ्ने दाङ रझेना माविमा खासै नाचगान हुँदैनथ्यो।

उनी दाङ गएकै वर्ष घोराहीमा तीजगीत प्रतियोगिता भयो। ज्योतिले पनि भाग लिइन् तर कुनै पुरस्कार जितिनन्। ज्योति जवान हुँदै थिइन्, गाउने–नाच्ने रहर पनि बढ्दै थियो। त्यही रहरले उनलाई तुलसीपुरमा भएको लोकदोहोरी प्रतियोगितामा भाग लिन पुर्‍याएको थियो। त्यसपछि दाङमा गायनमा सक्रियहरूसँग ज्योतिको चिनजान बढ्यो।

त्यतिबेला गजेन्द्र बहकरी, गोविन्दमधुर आचार्य, देवकला बस्नेत, शान्ति गुरुङ लगायत कलाकार जिल्लामा सक्रिय थिए। दाङबाट लोकदोहोरीमा भाग लिने एउटा दोहोरी टिम बन्यो, जसमा ज्योति पनि परिन्। उनको टिम भैरहवा, बुटवल, कैलाली, बाग्लुङमा भएका दोहोरी प्रतियोगितामा भाग लिन पुग्यो, कतै जित्यो कतै हार्‍यो।

गायनप्रति ज्योतिको लगाब यतिसम्म थियो कि बुटवल जाने बेला टेस्ट परीक्षा आउँदै थियो, ट्युसन पढ्नुपर्थ्यो तर उनी किताबै बोकेरै दोहोरी गाउन गइन्। काठमाडौं आएकै दिन गाउने जागिर एसएलसी दिएपछि ज्योति काठमाडौं आइन्। विभिन्न प्रतियोगितामा उनीसँगै गाउने गोविन्दमधुर आचार्य काठमाडौं आइसकेका थिए।

उनले भनेका थिए, ज्योति१ कलेज पढ्ने, गायनमा संघर्ष गर्ने हो भने काठमाडौं आऊ। दोहोरी रेस्टुरेन्टमा गाएर पनि जीविका हुन्छ, मैले पनि त्यसै गरेको छु। एसएलसी दिएपछि ज्योति काठमाडौं आइन्, आमाले खोजिदिएको दुई हजार रुपैयाँ बोकेर। दाङबाट दुईजना नयाँ गायिका लोकगीतको एल्बम निकाल्ने भनेर काठमाडौं आउँदै थिए, उनीहरू नै ज्योतिका साथी भए। ०६३ जेठ १५ गते बसपार्क झरेर ज्योतिले गोविन्दमधुरलाई सम्पर्क गरिन्, जसले जमल ज्याठास्थित सोल्टिनी रोधी नाचघरमा दोहोरी गाउँथे।

बसपार्कबाट झोला बोकेरै ज्योति सीधै सोल्टिनी रोधी नाचघर गइन्। ज्योतिलाई गीत गाउने र सकारात्मक ऊर्जाले साथ दिइरहेको थियो। त्यस दिन सोल्टिनीमा गाउने गायिकाहरू र साहुबीच तलब या यस्तै के कुरा मिलेको थिएन, गायिकाको अभाव थियो। ज्योतिले काठमाडौं आएकै दिन गाउने काम पाइन्।

उनको गायकीलाई मन पराइयो। ज्योति भन्छिन्, यसरी उति परदेखि काठमाडौं आएर बसपार्कबाट सीधै जागिरमा जाने सायद म नै पहिलो केटी हुँला। डेरा नभेटुन्जेल उनी धना गुरुङसँग बसिन्, धनाले पनि उनीसँगै गाउँथिन्। डेरा पाएपछि काठमाडौंमा उनको गायन–यात्रा सुरु भयो। उही मुलाको सिन्कीले चिनायो एसएलसीको रिजल्ट आयो, ज्योति पास भइन् र पिके क्याम्पसमा पढ्न थालिन्।

पछि उनले रेडियो नाटकमा पनि काम पाइन्। नयाँ बाटो नयाँ पाइला रेडियो नाटक देशका थुप्रै एफएम रेडियोबाट बज्थ्यो। यसमा उनले दुई वर्षजति काम गरिन्। कामको चापले उनको क्याम्पसको पढाइ त्यत्तिकै छुट्यो। गाएरै पैसा कमाएपछि उनले पहिलो एल्बम रेकर्ड गरिन्, बजारमा ल्याउन भने पाइनन्। ०६५र६६ तिर अर्को लोकदोहोरीकै एल्बम मायासँग बजारमा ल्याइन्। यो एल्बम खासै चलेन। त्यो एल्बम चलेको भए पनि मलाई केही हुँदैनथ्यो। किनभने त्यसमा मेरो नाम मात्र थियो, ज्योति भन्छिन्, त्यतिबेला व्यावसायिक गायक–गायिकालाई लिए मात्रै कम्पनीले बजारमा एल्बम ल्याइदिन्थे।

आफैँ पैसा खर्च गरेर पनि एल्बम निकाल्न गाह्रो थियो। उनले राजु परियार र विष्णु माझीलाई लिएर एल्बम गरेकी थिइन्, उनीहरूको आवाजभित्र ज्योतिको आवाज त्यसै हराएको थियो। पछि उनले आफ्नो गीतको भिडियो पनि बनाइन्, आफ्नै खर्चमा। यसले उनलाई म्युजिक भिडियोमा खेल्ने अनुभव सिकायो।

विभिन्न अनुभवसहित उनले अर्को एल्बम बजारमा ल्याइन्। रामचन्द्र काफ्लेसँग गाएको गीतको शब्द थियो– उही मुलाको सिन्की, उही मुलाको चाना। यो एल्बम सुपरहिट भयो, यसपछि ज्योतिले पछाडि फर्केर हेर्नुपरेन। पछि अर्को एल्बम गरिन्– जिम्माल बाउकी छोरी। रामजी खाँडसँग गाएको यो गीतले उनलाई चर्चाको शिखरमा पुर्‍यायो।

यो बीचमा उनले थुप्रै तिजका गीत पनि बजारमा ल्याइन्। ज्योति भन्छिन्, त्यतिबेला एकपछि अर्को एल्बम हिट भयो, मैले गीत गाइरहेँ। अहिलेसम्म झन्डै सय गीत गाएकी छु। गीत चर्चित हुन थालेपछि देशमा हुने महोत्सवहरूमा उनको माग बढ्न थाल्यो।

विदेशमा रहेका नेपालीमाझ गायन प्रस्तुत गर्न अहिलेसम्म उनी १७ भन्दा बढी देश पुगेकी छन्। संगीत क्षेत्रमा रमाइरहेकी ज्योति भन्छिन्, बाँच्दासम्म नेपाली गीत–संगीतमा लागिरहनेछु। आमाका गहना सकिए ज्योति किसान परिवारकी हुन्, उब्जनीले वर्षभरि खान पुग्छ।

ज्योतिकी एउटी दिदी र एउटा भाइ छन्। ज्योतिले दाङ सदरमुकाम बसेर पढ्दा दिदीको बिहे भइसकेको थियो, भाइ सानै थिए। उनले घरबाटै अन्न–पैसा ल्याएर दाङबाट एसएलसी गरेकी हुन्। घरमा आमाले कहिले बाख्रा, कहिले कुखुरा बेच्थिन्।

छोराछोरी हुर्कंदै गर्दा ज्योतिकी आमाको नाक, कान, घाँटीका गहना सकिँदै गयो। ज्योति बढ्दै गइन्, आमाका गहना सकिँदै गएको देखिन्। अहिले उनले आमालाई केही गहना लगाइदिएकी छन्। ज्योति भन्छिन्, हामीलाई हुर्काउन–पढाउनमै आमाको गहना सकिएको थियो। अहिले आमाको नाक, कान, घाँटी खाली छैन।’