वडा अध्यक्षका लागि नयाँ मोटरसाईकल

दाङ, पुस । दाङको घोराही उपमहानगरपालिकाले वडाध्यक्षहरुको लागि नयाँ मोटरसाईकल खरिद गरेको छ । १९ वटा वडाध्यक्षहरुको कामलाई प्रभावकारी र छिटोछरितो बनाउने उदेश्यले १६ वटा नयाँ मोटरसाइकल खरिद गरेको जानकारी दिएको छ ।

Buddha International Hospital

Advertise with us

चालु आर्थिक वर्षका लागि सवारी साधन खरिदका लागि विनियोजन गरिएको ८० लाख रुपैया मध्य १६ वटा मोटरसाईकलमा २७ लाख रुपैया खर्च गरिएको छ । ४८ लाखको दमकल खरिद पछि बाँकी बचेको ३२ लाखमा आह्वान गरिएको टेण्डर मार्फत १६ वटा नयाँ मोटरसाईकल खरिद गरिएको घोराही उपमहानगरपालिका खरिद शाखा अधिकृत बाबुराम पन्थीले जानकारी दिनुभयो ।

टेण्डर आह्वान गर्दा २७ लाख ८ सयमा जगदम्वा मोटर्स प्राली नक्साल काठमाण्डौबाट १६ वटा मोटरसाईकल खरिद गरिएको र ३ वटा बजेट अभावका कारण खरिद गर्न नसकिएको शाखाले बताएको छ । प्रति मोटरसाईकल १ लाख ६८ हजार ८ सय रुपैया पर्न गएको अधिकृत पन्थीले बताउनुभयो ।