दाङमा एक ब्यक्ति मृत फेला

Advertise with us

तु्लसीपुर, ३० कात्तिक । दाङमा आज पनि एक ब्यक्ति मृत फेला परेका छन् । प्युठान नौबहिनी गाउँपालिका वडा नं. ९ घर भई हाल तुलसीपुर ६ दक्षिणराजापुरमा बस्दै आएका अन्दाजी ३७ बर्षिय गोविन्द वुढा आज बिहान मृत फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

Buddha International Hospital

Advertise with us

तुलसीपुरमा विगत दुई महिना देखी डेरा गरी बस्दै आएका बुढा डेरादेखि करिब २६ मिटर पश्चिम मृत फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रेमवहादुर कुमार शाहीले जानकारी दिए।

हिजोराती घरमै सुतेको भएपनि कतिबेला बाहिर निश्किए भन्ने कुरा आफुहरुलाई थाहा नभएको पारिवारीक स्रोतले बताएको छ । तर विहान पख खोजी गर्दा बाँसको झारीमा मृत अवस्था देखेपछि प्रहरीलाई खवर गरेका हुन् । मृतकको शवलाई पोष्टमार्टमका लागी राप्ती अञ्चल अस्पताल तुलसीपुरमा राखिएको छ । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । दाङको तुलसीपुरमा हिजो मात्रै तुलसीपुर १२ का रामवहादुर गौतमको शव भेटिएको थियो ।