पृथ्वीजयन्ती मनाईने

Advertise with us

घोराही, पुस २५ । राष्ट्र निर्माता पृथ्वी नारायण शाहको २९७ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बनाईने भएको छ । पृथ्वी नारायण स्मृति प्रतिष्ठानले यही पुस २७ गते पृथ्वी जयन्तीको दिन घोराहीमा र्याली निकाल्ने भएको छ ।

Buddha International Hospital

Advertise with us

घोराहीको कर्मचारी मिलन केन्द्रबाट सुरु हुने र्याली सहिद गेट हुंदै न्यु रोड तथा घोराही बजार परिक्रमा गरी घोराहीको तुलसीपुर चोकमा कोणसभामा परिणत हुने भएको छ । कार्यक्रम आयोजनाका लागि नमबहादुर पौडेलको अध्यक्षतामा एउटा समिति समेत निर्माण गरिएको छ ।

समितिले घोराहीको तुलसीपुर चौकमा पृथ्वीनारायण शाहको पुर्णकद भएको शालिक समेत राख्नको लागि सम्बन्धीत निकायसमक्ष प्रस्ताव समेत गर्ने निर्णय गरेको छ ।