सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा

Advertise with us

यमकला भुसाल

Buddha International Hospital

तुलसीपुर, पुस २५ । दाङमा पहिलो पटक सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ । जिल्लाको तुलसीपुर स्थित तुलसी हस्पिटल प्रालीले पुस महिनाको दोस्रो साता देखि जिल्लामै पहिलो पटक क बर्गको सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याइएको हस्पिटलका बालरोग बिषेशज्ञ डाक्टर किसोर खत्रीले जानकारी दिनुभयो ।

Advertise with us

आइसियु, भेन्टीलेटर, काड्र्रीयाक, सक्सन, नेबुलाइजर, इसिजी लगाएत बिरामीका लागी आवश्यक पर्ने स्वास्थ्यकर्मी सहितको टोली पनि बस्न मिल्ने एम्बुलेन्स सञ्चालनमा ल्याएको डा. खत्रीले बताउनुभयो । उहाँले अन्य एम्बुलेन्स भन्दा धेरै सेवा र सुविधा भएको तर भाडामा भने त्यती धेरै फरक नपर्ने समेत जानकारी दिनुभयो ।

सुविधा युक्त एम्बुलेन्स सञ्चालन भएसँगै गम्भीर घाइते र विरामीलाई समयमै आवश्यक पर्ने अस्पतालसम्म पु¥याउन सहयोग पुग्ने पश्चिम दाङबासीहरुले अपेक्षा गरेका छन् ।