समानान्तर स्वरहरुको बहस

 

घोराही, ९ माघ | उदाहरण समुहको आयोजनामा रुपान्तरणका लागि निरन्तर समानान्तर स्वरहरुको बहस गरिएको छ । महिला आन्दोलन, समावेशी, लेखनमा महिला सहभागीता, महिला उद्यमशीलता र सशक्तिकरण, जागरण र आर्थिक न्याय, पितृ सत्ता, महिला अधिकार लैगिक समानता , महिला हिसां , समाज रुपान्तरणमा महिलाको भूमिका, महिलाको जिम्मेवारीको विविध आयामका बारेमा बहस गरिएको छ ।

DG Mobile Dang

बहसमा सहभागी वक्ताहरुले राज्यको संरचना र स्वरुपमा आमूल परिवर्तन भएपनि सोच र नियतमा व्यवहारीक रुपमै परिवर्तन हुन नसकेको बताएका छन् । वक्ताहरुले महिला र पुरुषको समान सहभागीता सहअस्तीत्व र समविकासबाटमात्रै समाज रुपान्तरण हुने बताएका छन् ।

महिला र पुरुषले एकअर्कालाई प्रतिस्पर्धीको रुपमा नहेरी समावेशि र सहअस्तीत्व सहितको सहयात्रीको रुपमा लिनुपर्र्नेे बताए । कार्यक्रमर्मा महिला सशक्तिकरणका लागि सामाजिक तथा आर्थिक जागरणमा लामो समयदेखि काम गदै आएका नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङका संस्थापक अध्यक्ष विमला योगी, महिला मानवअधिकार रक्षक संजालका केन्द्रीय सचिव महिला अधिकारकर्मी लक्ष्मी आचार्य, हिंसा पिडीतको क्षेत्रमा काम गर्दैै आएको सक्षम महिला समुहकी अध्यक्ष रचना सुवेदीले बहस गरेका हुन् ।

कार्यक्रममा साहित्यकारहरु शारदा शर्मा, सन्ध्या रेग्मी, आशा वली, संगीत मगर, लगाएतले कविता वाचन गरेका थिए । कार्यक्रमको सहजीकरण सुन्दर गौतम र नविन अविलाशीले गरेका थिए ।