मेलाकाे अनुगमन

शिवु खनाल

Buddha International Hospital

रिहार, २५ पुस |  लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसि, उप-प्रमुख देवका बेल्वासेले रिहार मेलाकाे अनुगमन गर्नु भएको छ।

Advertise with us

बुधबार मेलामा सबैलाई व्यवस्थापन गरेर मेला सञ्चालन गर्न मेला समितिलाई अाग्रह गर्दै रिहार मेलालाई मदिरा रहित बनाई मेला सञ्चालन गर्न नगर प्रमुख कुलबहादुर केसि र उप- प्रमुख देवका बेल्वासेले अाग्रह गर्नुभयाे ।

मेलामा मदिराजन्य बस्तु विक्रि वितरणमा राेक लगाई मेला मदिरा रहित बनाई सञ्चालन गर्न मेला समितिलाई अाग्रह गरिएको छ ।

मेलाको सम्पूर्ण तयारी भईसकेको र रिहार मेला माघ १ गते देखी ३ गते सम्म हुने भएको छ |अनुगमनमा ने.क.पाका नेता अम्मर कवर ( नवीन) स्थानीय, समाज सेवि, रिहार चाैकि,वडाध्यक्ष,पत्रकार लगायतको सहभागीता रहेको थियोे ।

Advertise with us