शुल्ककै कारण उपचारबाट कोही बन्चित हुन नपरोस् ः प्रधानमन्त्री ओली

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको दोस्रो सिनेट

दाङ, पुस  । प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङबाट महंगो शुल्कका कारण कोही कसैले उपचारबाट बन्चित भएर फर्किन नहुने बताउनुभएको छ ।

Buddha International Hospital

Advertise with us

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङको दोस्रो सिनेट बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य शुल्क महंगो भएकै कारण जनता उपचारबाट बन्चित हुन नहुने बताउनुभयो ।

मंगलबार सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले यो वर्ष बजेट व्यवस्थ ागर्न स्वास्थ्य मन्त्रालयलाई समेत निर्देशन दिनुभयो । ‘प्रतिष्ठानले बलियो ढंगले काम गरोस् । बच्चालाई आमाको संरक्षण आबस्यक भए जस्तो भर्खर स्थापना भएको प्रतिष्ठानको संरक्षणका लागि सरकारले सोच्छ ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यो वर्ष २२÷२५ करोड बजेटको व्यवस्थापन मिलाईदिन म स्वास्थ्यमन्त्री, स्वास्थ्य सचिवलाई आग्रह गर्छु ।’

साडे दुई घण्टा प्रतिष्ठानको बैठकलाई समय दिनु भएका प्रधामन्त्रीले करिव १५ मिनेटको सम्बोधनमा प्रतिष्ठानले टुक्रा टुक्रा जग्गाबाट सेवा दिनु भन्दा एउटै स्थानबाट सेवा दिने गरी योजना बताउन आग्रह गर्नुभयो । प्रतिष्ठानको तर्फबाट निर्माण गरिएको डिजिटल संरचना हेरे पछि प्रधानमन्त्रीले दाङमा प्रसस्त जग्गा भएकाले ५ सय विगाह जमिनको व्यवस्था गरेर एकै ठाउँबाट सेवा दिने व्यवस्था मिलाउन भन्नुभयो ‘दाङ सम्भावना भएको ठाउँ हो, जग्गा प्रसस्त छ, टुक्रा टुक्रा भवनबाट सेवा दिन सकिदैन अब, तपाईहरुले योजना बनाए अनुसार नै ५ सय विगाह जमिन खोज्नुस्, काम गर्नुस् ।’

कर्मचारीहरुको विषयमा बोल्दै प्रधानमन्त्री ओलीले प्रक्रिया मिलाएर आउन भन्नुभएको छ । विगतका दिनहरुमा राजनीतिक नियुक्ती हुन सक्ने भन्दै उहाले आबस्यक प्रक्रिया मिलाएर आउन उहाले आग्रह गर्नुभयो । त्यसको सम्पुर्ण व्यवस्थापन मिलाउन उपकुलपति र प्रतिष्ठानलाई आग्रह गनुभयो ।

यसवर्ष सरकारले देशका विभिन्न प्रतिष्ठानहरुको लागि एक अर्व बजेट विनियोजन गरेको थियो । त्यहि बजेटबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका लागि प्रधानमन्त्रीले बोले अनुसारको बजेट व्यवस्थापन गरिने स्वास्थ्य मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले प्रतिक्रिया दिनुभयो ।

प्रतिष्ठानको कुलपति समेत रहेका प्रधानमन्त्री सहभागी भएको सिनेट बैठकमा दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुषाल र नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त आमन्त्रित सदस्यको रुपमा सहभागी हुनु भएको थियो । बार्षिक दुई पटक बस्नु पर्ने सिनेट बैठक लामो समय देखि बस्न सकेको थिएन । नियमित हुने सिनेट बैठकमा दाङबाट पहिलो पटक स्थानीय सरोकारवाला निकायलाई आमन्त्रीत रुपमा बोलाईएको नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले जानकारी दिनुभयो ।