पश्चिम दाङकै ठुलो सभाहल शिलान्यास

दाङ पुस । दाङको तुलसिपुरमा बहुआयामिक सभाहलको सिलन्यास गरिएको छ । तुलसिपुर उद्योग बाणिज्य सङघले निर्माण गर्न लागेको सभाहलको सिलन्यास गरिएको हो । पश्चिम दाङमा सुबिधायुक्त सभाहल नहुदा ठुला कार्यक्रमहरु सञ्चालन गर्न समस्या भैरहेको सन्दर्भमा उद्योग बाणिज्य सङघले निर्माण गर्न लागेको सभाहललाई सबै क्षेत्रबाट सहयोगमाको खाचो रहेको समेत व्यवसायीहरुले बताएका छन् ।

Buddha International Hospital

Advertise with us

तुलसीपुर–९ दोघरेमा करिब ५ कठ्ठा क्षेत्रफलमा रहेको जग्गामा पार्किङ सहितको वहुआयामिक सभाहल निर्माणको काम सुरु अगाडि बढाउने तयारी भैरहेको निर्माण समितिका सयोजक बिमल रिजालले जानकारी दिनुभएको छ । ‘हामीले महापुराणबाट सङकलन गरेको करिव दुई करोड र अन्य मेला महोत्सब तथा बिभिन्न क्षेत्रबाट प्राप्त सहयोग गरि करिव तीन करोडको तयारीमा जुटेका छौ’ संयोजक रिजालले भन्नुभयो ।

विभिन्न क्षेत्रबाट सहयोगका लागि गरिएका प्रतिबद्दता अनुरुप सभाहलको निर्माणको काम अगाडि बढाएका रिजालले बताउनुभयो । झन्डै आठ सयभन्दा बढि मानिसहरू अटाउन सक्ने सभाहलमा प्रदेश स्तरिय कार्यक्रमहरुका साथै विवाह, सेमिनार, व्यवसायिक भेला, गोष्ठी तथा अन्य धार्मिक एव राजनीतिक प्रशिक्षणका कार्यक्रमहरु समेत गर्न सकिने वाणिज्य सङ्घका अध्यक्ष बिरबहादुर रावतले बताउनुभयो ।

उहाका अनुसार तुलसीपुरमा निर्माण हुन लागेको वहुआयामिक सभाहल पश्चिम दाङको सबैभन्दा ठुलो क्षमता भएको हुनेछ । सभाहल डेढ बर्ष भित्र निर्माण सम्पन्न हुने बताईएको छ । सभाहलको भब्य कार्यक्रमका बिच नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले शिलान्यास गर्नुभएको हो ।