विकासमा सकारात्मक चिन्तनको आवश्यक

रीता लामा

Advertise with us

घोराही, ३० कात्तिक । आफ्नो गाउँठाउँको विकासको लागि पनि सकारात्क सोचका आवश्यक रहेको एक कार्यक्रका वक्ताहरुले बताएका छन । स्थानिय निकायमा निर्वाचन जितेर जनप्रतिनीधि आए पनि पक्ष र प्रतिपक्ष नभनी सबै मिलेर काम गर्न सके गाउँको मुहार फेर्न समय नलाग्ने उनीहरुको भनाई थियो ।

Buddha International Hospital


Advertise with us
बंगलाचुली गाउँपालिकाले जनप्रतिनीधि तथा कर्मचारीहरुका लागि क्षमता विकास तथा सकारात्मक सोच सम्बन्धी दुइ दिने अभिमुखिकरण कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताएका थिए । कार्यक्रममा बोल्दै घोराही बंगलाचुलि गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले गाउँको विकासको लागि आफुले सक्दो प्रयास गरिरहेको र आफुलाई सकारात्मक तरिकाले साथ दिनको लागि सबैमा आग्रह गरेका थिए ।

साथै उनले गाउँको समग्र विकासको लागि स्थानिय जनता, उपभोक्ता समिती देखि जनप्रतिनीधि र कर्मचारीहरु एक आपसमा मिलेर काम गर्नुपर्ने बताएका थिए । उनले सबै क्षेत्रको साथ र सहयोग भए दाङको विकट क्षेत्र पनि पनि बंगलाचुलिमा विकासको लहर लैजान सकिने बताए । उनले वंगलाचुलिमा जनताले महसुस गर्ने गरि आफुले विकास पु¥याउन प्रयासमा लागेको बताए ।

यस्तै कार्यक्रममा बोल्दै नेकपाका नेता चुडामणि नेपालीले गाउँपालिकामा सामान्य सडक सुविधा पुगेको हुदा अव गाउँपालिकाले कृषि उत्पादन र निर्यातमा आफ्नो योजना अगाडी सार्नुपर्ने बताए । यस्तै नेपाली काग्रेसका नेता भेषराज खत्रिले गाउँपालिकालाई पारदशी र जवाफदेयी भएरका काम गर्न आग्रह गरे । कार्यक्रममा पत्रकार महासंघ दाङका सचिव भुपेन्द्र वलीले आफ्नो गाउँमा विकास भएन भन्ने चिन्ता भन्दा पनि कसरी विकासको लहर लैजान सकिन्छ भन्ने चिन्तन गर्न त्यहाँका स्थानियलाई आग्रह गरेका थिए ।

कार्यक्रममा राष्टिय प्रजातन्त्र पाटीका लुमाकान्त कुवर, स्थानिय टेकराज पुन लगायतले आआफ्नो मन्तव्य व्यक्त गरेका थिए । गाउँपालिकाकी उपाध्यक्ष यमुना घर्तिमगरको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण गाउँपालिकाका प्रसासकिय अधिकृत नेवबहादुर वलीले गरेका थिए ।

दुइ दिनसम्म चल्ने तालिममा घोराही उपमहानगरपालिकाका प्रसासकिय अधिकृत एवम सहसचिव सन्तबहादुर सुनारले योजना तर्जुमा प्रक्रियाको बारेमा प्रशिक्षण दिएका थिए । यस्तै संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयका केशवराज पार्धेले कर्मचारी जनप्रतिनीधिको काम कर्तव्य र अधिकारको बारेमा प्रशिक्षण दिएका थिए भने सकारात्मक सोच सम्बन्धि अन्तराष्टिय प्रशिक्षक सुदन ज्ञवालीले सहभागिलाई प्रशिक्षण दिएका थिए ।