नगर प्रमुखमाथि आक्रमणको प्रयास

Advertise with us

प्यूठान, पुस २४ । स्वर्गद्धारी नगरपालिकाका प्रमुख नेत्र बहादुर रोकायमाथी आक्रमणको प्रयास भएको छ । मंगलबार कार्यालयमै योजनाको विषयमा छलफल गरिरहेको विषयमा तीन जना नचिनेका व्यक्तिले प्रज्वलनशील पदार्थ फालेको प्रमुख रोकायले जानकारी दिनुभयो ।

Buddha International Hospital

Advertise with us

उक्त समुहले नगरप्रमुखलाई धम्की दिदै नगरपालिकाको नियमित काम कारबाहीमा बाधा पु¥याउने काम गरेको बताईएको छ । घटनापछि विज्ञप्ती जारी गर्दै गैरकानुनी कार्य गर्ने समुहलाई कारबाही गर्न माग गरिएको छ । कार्यालयको कामकाज नियमित रहेको प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम गैरेले बताउनुभयो ।

यसैबीच, विप्लप नेतृत्वको नेकपा प्यूठानले विज्ञप्ती जारी गरि जिल्लामा सवैभन्दा बढी अनियमितता र अव्यवस्थित भएको स्वर्गद्धारी नगर प्रमुखमाथी पहिलो चरणको कारवाही गरिएको जनाएको छ । जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, केहि कर्मचारीहरु भ्रष्टाचारमा मुछिएको जनगुनासो आएको विज्ञप्तीमा उल्लेख छ ।

आक्रमण गर्ने समुहको पहिचान भइसकेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले बताउनुभयो । ‘मान्छे पहिचान भइसकेको छ, घटनास्थल भिंगृमा रहनुभएका बुढाथोकीले भन्नुभयो, पक्राउको लागि खोजी भइरहेको छ ।’