कुवामा परेर चितुवाको मृत्यु

फोटो ः रीता लामा

Buddha International Hospital

दंगिशरण गाउँपालिका वडा नम्वर २ रानी बनमा कुवामा परेर एक पोथि चितुवाको मृत्यु भएको छ । स्थानिय हिरासिङ पुनको जग्गामा सिचाइको लागि बनाइएको कुवामा खसेर उक्त चितुवाको मृत्यु भएको डिभिजन बन कार्यालय दाङले जनाएको छ । मृत चितुवालाई बन कार्यालयका कर्मचारीले गाउँ मै पुगेर कुवाबाट निकालेर मंगलवार घोराही ल्याएका थिए ।

Advertise with us
वन कार्यालयका सुचना अधिकारी खिमबहादुर केसीका अनुसार लोपउन्मुख प्रजातिको उक्त चितुवा विश्व मै तिव्र गति भएको जनावर मानिन्छ । उहाँका अनुसार पुच्छरबाट नाप्दा करिव ५.९ इन्च, पछाडीबाट २३, अछाडीबाट २२ इन्च अग्लो रहेको छ भने उसको करिव २५ केजि तौल रहेको अनुमान गरिएको छ । उक्त चितुवालाई जनप्रतिनीधि, सुरक्षा निकाय र बन कर्मचारीको रोहवरमा बन कार्यालय परिषरमा गाडिएको छ ।
कुनै सिकारको पछि दौडिदा रातको समयमा उक्त चितुवा इनारमा खसेको हुन सक्ने स्थानियले बताएका छन ।

 

Advertise with us