विद्यालयको रजत जयन्तीमा पुर्वराष्ट्रपति आउदै

Advertise with us

घोराही, २३ पुस । घोराही उपमहानगरपालिका वडा नम्वर १५मा रहेको शान्ती सुधा अंग्रेजी माध्यामिक विद्यालयको रजत जयन्तीको अवसरमा पुर्वराष्ट्रपति रामवरण यादव दाङ आउने भएका छन ।

Buddha International Hospital


Advertise with us
विद्यालयले सोमवार विद्यालय परिषरसमा पत्रकार सम्मेलनको आयोजना गरि विद्यालय स्थापनाको २५ बर्षको अवसरमा विभिन्न सम्मान एमव पुरुस्कार वितरणको लागि पुर्वराष्ट्रपति यादव आउने निश्चित भएको छ । विद्यायका प्रिन्सीपल विनयकुमार मिश्रले दिएको जानकारी अनुसार तुलसीपुर काठमान्डौ चल्दै आएको नेपाल एरलाइन्सको विमानबाट यादव २६ गते नै दाङ आउने मिति तय भएको छ । दाङमा उनलाई घोराहीमा रहेको होटल म्याजेस्टिकमा खाने बस्नेको व्यवस्था मिलाइएको छ ।


२०५० सालमा स्थापना भएको विद्यालय आउदो पुस २७ गते २५ बर्ष पुगेको उपलक्ष्यमा विद्यालयले रजत जयन्ती मनाउदै छ । रजत जयन्ती कार्यक्रमका कार्यक्रम संयोजक पे्रम शाहका अनुसार आज २४ गते विद्यालयले बाजागाजा सहित घोराही बजारको परिक्रममा गर्दै छ भने पुस २५ गते राष्ट्रिय सभाकी सदस्य अनिता देवकोटाको उपस्थितीमा अभिभावहरुसँग कार्यक्रम रहेको छ ।

जसमा गत बैशाख देखि गरिएको अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भएकाहरुलाई सम्मान तथा पुरस्कारको कार्यक्रम रहेको छ भने विद्यालयमा अध्ययनगरि छात्रबृद्धि पाएर माथिल्लो स्तरमा पुगेका विद्यार्थीका अभिभावकलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ ।