पृथ्वी जयन्तीमा बिदा माग्दै गृहमन्त्रीलाई ज्ञापन बुझाइयो

काठमाडौं । राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले आज गृहमन्त्री रामबहादुर थापालाई भेटी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदा दिन माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

Buddha International Hospital


Advertise with us
नेपालीलाई नेपाली हुनुको गर्व सहित नाम र पहिचान दिएका राष्ट्र निर्माताको राज्यका तर्फबाट सम्मान हुनुपर्ने माग सहितको ज्ञापनपत्र लिएर राप्रविसंले आज सिंहदरबार पुगेर गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएकाे हाे  ।


संगठनका अध्यक्ष महेशबहादुर सिंहको नेतृत्वमा गएको विद्यार्थी संगठनको प्रतिनिधिमण्डलले राष्ट्रिय एकता दिवसलाई पर्वको रुपमा मनाउन माग समेत गरेको छ ।

केही दिन अघि बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको विस्तारित बैठकले पनि राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदा दिन र राष्ट्रिय पर्वको रुपमा मनाउन माग गरेको थियो ।