च्याउको विउ उत्पादन गर्ने पहिलो सहकारी

Advertise with us

दिवाकर पोख्रेल

Buddha International Hospital

देउखुरी, पुस । बगर खेतीमा राम्रो सफलता कमाएको दाङको लमही स्थित उद्यमशिल बहुउद्देश्यीय सहकारी संस्था मार्फत नेपालमै पहिलो पटक सहकारी मार्फत च्याउको विउ उत्पादन गर्ने थालिएको छ । संस्थाले २०६५ देखि संचालन गर्दै आइरहेको च्याउको विउ उत्पादन र च्याउ खेती विकास कार्यक्रमलाई निरन्तरता दिदै आएको छ ।

Advertise with us

च्याउको विउ उत्पादन गर्न ल्याव राखी विउ उत्पादन गर्दै आइरहेको संस्थाका व्यवस्थापक विश्वराज अधिकारीले जानकारी दिनुभयो । सहकारीकै लगानीमा च्याउ उत्पादन गर्ने मेसीन खरिद गरि च्याउको विउ उत्पादन गर्न थालेको सहकारीले बार्षिक पच्चिस हजार पोका च्याउको विउ उत्पादन गर्ने क्षमता राख्ने अधिकारीले बताउनुभयो । ‘बार्षिक २५ हजार पोका विउ उत्पादन हुने क्षमता राख्दछ, भौतिक संरचनाको अभावमा क्षमता अनुसारको विउ उत्पादन गर्न सकिएको छैन’ अधिकारीले भन्नुभयो । विउ कल्चर गरेको दुइ हप्तामै तयार हुने गरेको छ ।

सहकारीले उत्पादन गरेको च्याउको विउ दाङ सहित बाँके, बर्दिया, प्युठान, बुटवल लगायतको स्थानमा विक्री हुने गरेको छ । च्याउको विउको लागि बजारको कुनै समस्या नभएको सहकारीका अध्यक्ष दिलीपराज खनालले जानकारी दिनुभयो । ‘च्याउको विउको लागि समस्या छैन, माग धेरै हुन्छ बरु माग अनुसारको उत्पादन गर्न सकिएको छैन’ खनालले भन्नुभयो ।

समुह निर्माण गरेर विभिन्न कृषि कार्यक्रम गर्दै आइरहेको सहकारीले च्याउ खेतिमा ९६ जना किसानलाई समेटेर च्याउ खेति कार्यक्रम संचालन गर्दै आइरहेको छ । च्याउको विउ विक्रीबाट मात्रै बार्षिक छ लाख सम्मको आम्दानी गर्दै आइरहेको सहकारीले च्याउ खेति गर्न किसानलाई निशुल्क प्राविधिक सहयोग, विउ वितरण लगायतको काम गर्दै आइरहेको छ ।

बाह्रौ बार्षिक साधरणसभा सम्पन्न

उद्यमशिल उद्यमशिल बहुउद्देश्यीय सहकारी संस्थाको बाह्रैँ बार्षिक साधरणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दिलिपराज खनालको अध्यक्षता तथा लमही नगरपालिका प्रमुख कुलवहादुर केसीको प्रम्ख आतिथ्यतामा भएको कार्यक्रममा सरकारको तीन खम्बे अर्थ नीति अन्तरगर्त सहकारी एक भएको भन्दै सहकारीले नेपालको अर्थतन्त्रमा सहयोग पुराएको बताएका थिए ।

उद्यमशिल सहकारी मार्फत खेर गइरहेको बगरलाई बगरखेति कार्यक्रम मार्फत सफलता कमाएको भन्दै सहकारीको प्रशशा समेत गरेका थिए । कार्यक्रममा बोल्दै प्रम्ख अतिथि नगरपालिका प्रम्ुख कुलवहादुर केसीले स्थानीय तहबाट कृषि क्षेत्रको विकासको लागि जोड लिदएको जानकारी दिनुभयो । अनुदानमा विउ विजन बाँड्ने देखि विभिन्न कृर्षि प्राविधिक तासिलम संचालन गरेको भन्दै लमही नगर क्षेत्रको कृषिको विकासको लागि आफू गम्भिर रहेको बताउनुभयो ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यउक्ष माधवप्रसाद शर्मा,पत्रकार केपि घिमिरे,डेरी यसोसियसनका केन्द्रिय सचिव रेशमवहादुर खड्का, कृषक समुहका कृष्णप्रसाद चौधरी,निलकमल सामाजिक उद्यमी महलिा सहकारीकी उपाध्यक्ष सीता पौडेल, जिल्ला सहकारी संघका कोषाध्यक्ष हरी भुसाल,नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त लगायतका बत्ताहरुले शुभकामना मनत्वय दिनुभएको थियो ।

संस्थाका कोषाध्यक्ष नारायणप्रसाद देवकोटाले आर्थिक र सचिव पुरुषेत्तम आचार्यले बार्षिक प्रगती विवरण प्रस्तुत गर्नुभएको कार्यक्रमको सहजीरकण सहकारीका व्यवस्थापक विश्वराज अधिकारीले गर्नुभएको थियो ।