यातायात व्यवसायी महासंघ दाङको अध्यक्षमा योगी

घोराही, पुस  । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङघ दाङको अध्यक्षमा भरतनाथ योगी निर्वाचित हुनुभएको छ । बिहिबार तुलसिपुरमा भएको व्यवसायिहरुको भेलाले योगीलाई निर्बिरोध निर्वाचित गरेको हो ।

Buddha International Hospital

Advertise with us

केन्द्रीय सदस्य ज्ञानबहादुर बस्नेतको अध्यक्षतामा भएको भेलाले सचिवमा घनश्याम बस्नेत, कोषाध्यक्षमा निमकुमार श्रेष्ठ चयन हुनुभएको छ । सदस्यहरुमा शिव पुरी, मदन आचार्य, बिराज डाँगी, दोर्ण देबकोटा, कुमार श्रेष्ठ, प्रमोद बस्नेत, बालाराम गौतम, सञ्जय कुमार श्रेष्ठलाई चयन गरिएको छ । समितिको सल्लाहकारमा यमकान्त भण्डारी, पवन बुढाथोकी, कृष्ण पाण्डे, रबिन्द्र शाही र नारायण न्यौपानेलाई चयन गरिएको छ ।

यता शुक्रवार सम्पन्न भएको जिल्ला भेलाहरुबाट सल्यान जिल्लाको अध्यक्षमा डम्मर कवर, रुकुमको अध्यक्षमा जितेन्द्र बुढाथोकी, रोल्पाको अध्यक्षमा तेजबिक्रम रावत र प्युठान जिल्लाको अध्यक्षमा सुनिल बस्नेत निर्बिरोध निर्बाचित हुनुभएको छ ।