लखन कपको बिजेताले एक लाख ११ हजार १ सय एघार पुरस्कार पाउने

घोराही, २१ पुस । दाङको घोराहीमा हुन लागेको प्रथम सहिद लखन थापा रनिङ फुटबल प्रतियोगीता २०७५ को प्रथम हुने समुहले एक लाख ११ हजार एक सय ११ रुपैया नगद पुरस्कार प्राप्त गर्ने भएको छ । प्रतियोगीता सञ्चालन उपसमितिको आज घोराहीमा बसेको बैठकले नगद एक लाख ११ हजार एक सय ११ रुपैयासंगै ५० हजार बराबरको कप प्रदाप्त गर्ने निर्णय गरेको हो ।

Buddha International Hospital

Advertise with us

यस्तै दोस्रो हुने फुटबल समुहले नगद ५५ हजार पाँच सय ५५ रुपैया र २५ हजार बराबरको कप प्रदान गर्ने निर्णय गरेको छ । नगद पुरस्कार, कप, प्रमाण पत्रको पनि ब्यबस्था गरिएको छ । यस्तै सर्बोकृष्ट खेलाडी, उत्कृष्ट खेलाडी, रक्षक, गोलकर्ता, मध्यपंक्ति, ब्यबस्थापक, प्रशिक्षक, नब उदयमान खेलाडी र क्वाटरफाइनलका म्यान अफ म्याचलाई पनि आकर्षक पुरस्कारको ब्यबस्था गरिएको छ ।

नेपाल मगर संघ दाङको आयोजनामा मगर दिवसका अबसरमा फागुन २ गतेदेखि १५ गतेसम्म फुटबल प्रतियोगीता गर्ने निर्णय गरेको छ । प्रतियोगीतामा जिल्लामा क्रियासिल सरकारी निकायमा दर्ता भएर खेलकुद गतिबिधी गरीरहेका फुटबल क्लब तथा बिद्यालयले सहभागीता जनाउन पाउने फुटबल प्रतियोगीताका संयोजक मुक्त बुढा मगरले जानकारी दिनुभएको छ ।

प्रतियोगीतामा सहभागी हुन नगद पाँच हजारसहित माघ ११ गतेसम्म स्थानीय मगर संघको सिफारिसमा नेपाल मगर संघ दाङको कार्यालय घोराहीमा दर्ता हुन आग्रह गरिएको छ । फुटबल प्रतियोगीताको संरक्षकमा मगर संघ दाङका सस्थापक मनबहादुर पुन मगर, गणेशप्रसाद रोका मगर, जंगबहादुर पुन मगर, बलीभद्र राना मगर, खड्गबहादुर बुढा मगर, श्री बुढा मगर र गुप्त रोका मगरलाई चयन गरिएको छ ।

यस्तै स्वयमसेबक लक्ष्मण बुढा मगर, सञ्चार संयोजक प्रेमबहादुर राम्जा, मञ्च तथा साउण्ड सिष्टम नेपाल मगर बिद्यार्थी संघ, मैदान ब्यबस्थापन नेपाल मगर युवा संघ, खेल सचिबालय तथा प्राबिधीक नरेन्द्र पुन, खाजा तथा बिबिध प्रतियोगीता संयोजक मुक्त बुढा मगरलाई संयोजक तोकीएको छ ।