प्रतिष्ठानले हटायो लक्षित बर्गको सेवा


रीता लामा
घोराही, २१ पुस । तत्कालिन राप्ती उपक्षेत्रिय अस्पताल हालको स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वमा आएसँगै त्यहाँबाट दिदै आएको लक्षित वर्गको सेवामा समेत कटौति भएको छ ।

Advertise with us


आर्थिक अभावको कारण पोषणयुक्त खान नपाएर कुपोषित शिशु र आमाको निशुल्क पोषण पुनस्थापनाको कार्यक्रम समेत हटाइएको छ । पोषण पुर्नस्थापना गृहलाई डाक्टरको आवास गृह बनाएको छ भने आमा र बच्चा स्याहार गर्ने सुसारेहरु अहिले डाक्टरको खानापकाउने र लुगा धुने काममा लगाइएका छन ।

Buddha International Hospital


यस्तै क्षयरोग निवारण कार्यक्रम अन्र्तगत क्षयरोगका विरामीले पाउने निशुल्क औषधी सेवा समेत त्यहाँबाट हटाइएको छ । नेपाललाई क्षयरोगबाट मुक्त पार्ने सरकारको नीति अन्र्तगत सुरु गरेको उक्त कार्यक्रमलाई पतिष्ठान आए लगत्तै हटाइएको हो । त्यसै गरि सरकारले कुष्ठरोगीहरुलाई निशुल्क दिदै आएको डट्स सेवामा पनि बन्देज लगाइएको छ ।

जिल्ला जनस्वास्थ्यको पहलमा अस्पतालमा संचालिन सुरक्षित स्वास्थ्य क्लीनिक चाडो हटाउन भनिएको छ । जहाँ गर्भजाँच, सुरक्षित गर्भपत, अस्थायी साधनको वितरण, बालबालिकालाई खोप सेवा, परिवार नियोजनको परामर्श र बध्याकरणको सेवा अस्पताल हाता भित्रबाट संचालन हुदै आइरहेको छ । प्रतिष्ठान आए लगत्तै त्यस स्वास्थ्य क्लीनिकलाई त्यहाँबाट हटाउने प्रयास भैरहेको छ । त्यसलाई अनेत्र सार्न उपकुलपति संगिता भण्डारीले पटक पटक दवाव दिइरहेको बुझिएको छ ।

यसैगरि लैंगिक हिंसा पीडितहरुलाई एक द्धार संकट व्यवस्थापन प्रणाली मार्फत दिइने दिने सेवा समेत उनलाई असह्य भएको छ । पहिले अस्पताल विकास समितीको आन्तरिक कोष र स्वास्थ्य मन्त्रालयबाट आउने बजेटबाट चल्ने हिंसा पीडितहरुको लागि निशुल्क उपचार, परामर्श समेत गर्न नसकिने भन्दै त्यहाँ पनि दवाव बढेको छ ।

आफन्तबाट लखेटिएका, कुटपिटमा परेका, बलात्कार, यौन हिंसा र मानसिक समस्यामा परेका हिंसा पीडितलाई अस्पतालले मनोपरामर्श दाता, स्वास्थ्य कर्मी र एक जना महिला प्रहरीलाई खटाई सुरक्षित सेवा दिदै आइएको थियो । त्यसलाई पनि कि त्यहाँबाट हटाउनुपर्ने वा शुल्क लिएर मात्रै सेवा दिनुपर्ने भन्दै दवाव बढेको बताइएको छ । जसमा शुल्क बृद्धि लागु भएसँगै उपकुलपति भण्डारीको दवावमा लैगिंक हिंसा पीडितहरुले निशुल्क नाम दर्ता समेत गर्न पाएका छैनन ।

प्रतिष्ठानको उपकुलपति नियुक्ती भएसँगै एक बर्षसम्म काठमान्डौमा डेरा लिएर बस्दै आउनुभएकी भण्डारी अस्पताल स्वामित्वमा लिएसँगै मनोमानि सुरु गर्नुभएको छ । जसको मारमा गरिव जनताहरु परेका छन । भारी शुल्क किन बृद्धि गरिएको भन्ने प्रश्नमा उपकुलपति भण्डारीले ‘अस्पताल गरिव आउने थलो मात्रै हाइने, धनिको पनि हो ।’ भन्दै अमानविय अभिव्यक्तिm समेत दिनुभएको छ ।