पत्रकारद्वारा जन्मदिनमा बालबालिकालाइ न्यानो कपडा

घोराही, २१ पुस । गणतन्त्र दैनिकमा कार्यरत पत्रकार दिपक जिएमले आफ्नो जन्मदिनको उपलक्ष्यमा अपांगता भएका बालबालिकालाई न्यानो कपडा र फलफुल वितरण गर्नुभएको छ ।

Buddha International Hospital

उहाँले आज घोराही १४मा रहेको बालमन्दिर माध्यामिक विद्यालयमा पुगेर उक्त सहयोग हस्तान्तण गर्नुभएको हो । पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियाशनको विशेष उपस्थितीमा त्यहाँ अध्ययनरत २४ जना बालबालिकालाई सहयोग गरिएको थियो । पत्रकार घर्तिले बालबालिकालाई स्वीटर, टाउजर,फलफुल  गरी करिव २२ हजार बराबरको सहयोग गर्नुभएको थियो ।

Advertise with us

उहाँले त्यहाँका बालिकालाई आफनो जन्मदिनमा सहयोग गर्नलागेको यो पाँचौ बर्ष हो । विद्यालयलाई सहयोग गरेको भन्दै विद्यालयका प्राधानाअध्यापक विष्णु भण्डारीले पत्रकार घर्तिलाई विशेष धन्यावाद दिनुभएको थियो ।