प्रगतीशिल लेखक संघको स्थापना दिवस, विभिन्न व्यक्ति पुरस्कृत

दाङ,३ पौष | प्रगतिशिल लेखक संघले आफ्नो २७ औ स्थापना दिवस मनाएको छ । संघका अध्यक्ष भुवन देवकोटाको अध्यक्षता एवम प्रेस काउन्सिलका पुर्व अध्यक्ष एवम् बरिष्ठ साहित्यकार नारायण प्रसाद शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले समाज परिवर्तनको लागि साहित्यले अहम भुमिका खेल्नुपर्ने बताए । उनले देश समय परिस्थिती र राष्ट्रको हितको लागि साहित्यकारहरुले आफ्नो कलम चनाउनुपर्ने बताए ।


DG Mobile Dang
कार्यक्रममा प्राध्यापक डाक्टर अमर गिरीले प्रगतिशिल लेखकहरुले नेपाली साहित्यमा महत्वपुृर्ण योगदान दिएको चर्चा गरे । साहित्यले रुपान्तणको कामसँगै जनसमुदायलाई आनन्दित तुल्याउन पनि भुमिका खेल्ने बताए । कार्यक्रममा प्रेस स्वतन्त्र सेनानी सुसिल गौतम, साहित्यकार एवम् पुर्व राज्य मन्त्री शुस्मा शर्मा घिमिरे, साहित्यकार निमबहादुर थापा, रेशम विसी, प्रगतिशिल लेखक संघका केन्द्रिय उपाध्यक्ष पदमप्रसाद शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


विभिन्न व्यक्ति पुस्कृत
यस्तै प्रगतिशिल लेखक संघले साहित्य एवम् लेखनमा भुमिका खेलेको भन्दै कम्युनिष्ट आन्दोलन दाङका पुराना नेता माणिकलाल गौतम, पत्रकार एवम् साहित्यका सुसिल गौतम, सुस्मा शर्मा घिमिरे, कुलबीर चौधरी, चन्द्रबहादुर थापा, भागवतप्रसाद शर्मा लगायतले नगद सहित सम्मान गरेको थियो ।

कार्यक्रममा प्रगतिशिल लेखक संघका प्रदेश अध्यक्ष केशव शर्माले पुस्कृत साहियकारहरुको बारमा जानकारी दिएका थिए । कार्यक्रमका सहजिकरण संघका सचिव छविलाल कोपिलाले गरेका थिए ।