कुसुन्डा भाषाको कक्षा संचालन

दिवाकर पोख्रेल

Buddha International Hospital

देउखुरी, पुस। भाषा आयोगले लोपउन्मुख भाषालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उदेश्यका साथ भाषा कक्षा संचालन गरेको छ । नेपालमा बोलिने एक २३ भाषा मध्ये ३७ वटा भाषा संरक्षण गर्नुपर्ने अवस्थामा रहेको र तीनवटा भाषा लोपउन्मुख अवस्थामा रहेकोले भाषा कक्षा संचालन गरेर नयाँ पुस्तालाई भाषा सिकाउने अभियानमा भाषा आयोग लागि परेको छ ।

Advertise with us

संकटमा रहेका दुरा, तिलुङ र कुसुन्डा भाषा संकटमा रहेको भन्दै भाषा जोगाउनकै लागि कक्षा संचालन गर्न थालिएको भाषा आयोगका अध्यक्ष डा.लवदेव अवस्थीले जानकारी दिनुभयो । लोपउन्मुख भाषालाई विद्यालयमा पाठ्यक्रमकै रुपमा राखेर लैजाने योजनामा भाषा आयोग रहेको जानकारी दिदै अध्यक्ष अवस्थीले अन्य भाषाको प्रभावमा परेर आफ्नो मातृभाषा नविर्सन आग्रह गर्नुभयो ।

दाङको लमहीमा सुरु भएको कुसुन्डा भाषा कक्षा संचालन शुभारम्भ कार्यक्रममा भाषा आयोगका अध्यक्ष अवस्थीले कसुन्डा भाषा जीवित राख्न स्थानीय सरकारले महत्वपुर्ण भुमिका रहने बताउनुभयो । कसुन्डा भाषा कक्षा लिनको लागि दाङ सहित प्युठान र सुर्खेतबाट सहभागि भएका छन् । भाषा आयोगले विज्ञको सहयोगमा कसुण्डा भाषा कक्षा संचालनको लागि पाठ्यक्रम तयार पारीसकेको छ ।

चारवटा चरणमा विभाजन गरी साक्षरता कक्षा हुँदै कसुन्डा भाषा विशेषज्ञ बनाउने उदेश्यका साथ तयार पारिएको कसुन्डा भाषाका अभियान्ता तथा कसुन्डा भाषा शिक्षक उदयराज आलेले जानकारी दिनुभयो । तीन ÷तीन महिनामा विभाजन गरिएको पाठ्यक्रम एक बर्ष कोर्ष पुरा गरेपछि कसुन्डा विशेषज्ञको रुपमा तयार पार्ने आलेले बताउनुभयो ।

कसुन्डा भाषा कक्षा संचालन हुन थालेपछि कसुन्डा समुदाय पनि खुसी भएका छन् । कसुन्डा समुदाय भएर पनि आफ्नो भाषा बोल्न नजानेका कसुन्डा समुदायले भाषा कक्षालाई चासोका साथ लिएको बताए । कसुन्डा विकास समाजका अध्यक्ष धनराज कसुन्डाले सरकारी पहलमा कुसुन्डा भाषा कक्षा संचालन हुन थालेको खुसी ब्यक्त गर्नुभयो ।

‘दुइ जनाले मात्रै कसुन्डा भाषा बोल्न जान्नु भएको छ, उहाँहरुलाई संगै राखेर भाषा सिक्न पाउनु राम्रो कुरा हो, हामीहरुले यसलाई अवसरको रुपमा लिनुपर्छ ।’ धनराजले भन्नुभयो । कसुन्डा भाषा सिक्नको लागि कसुन्डा समुदाय मात्रै नभएर गैर कसुन्डा समुदायका नागरिकहरुले पनि चासो दिएका छन । लमही नगरपालिका वडा नं. ५ का शिशिर कंडेलले लोपउन्मुख कुसुन्डा भाषा प्रति चासो रहेका कारण आफू भाषा सिक्नकै लागि आएको बताउनुभयो ।

पुर्णबत्तालाई सम्मान र पुरस्कार

नेपालमै कसुन्डा भाषाका पुर्ण वत्ताका रुपमा रहनु भएका दाङ लमही कुलमोड निवासी ज्ञानीमायाँ कसुण्डा र रोल्पा निवासी कमला सेन कसुण्डालाई सम्मान एवं पुरस्कृत गरिएको छ । उहाँहरुलाई भाषा आयोगका अध्यक्ष लोपदेव अवस्थीलले सम्मान गर्नुभएको हो ।

भाषा बचाउनको लागि दुइजना पुर्ण वत्ताको ठूलो भुमिका रहेको भन्दै उहाँहरु सम्मान गरिएको हो । उहाँहरु लाई मासिक तीन हजारका साउन देखि पुस महनिा सम्मको १८ हजार नगद समेत हस्तान्तरण गरिएको छ । उहाँहरुलाई भाषा आयोगबाट मासिक तीन हजार भाषिक वृति पुरस्कार स्वरुप उपलव्ध गराइने भाषा आयोगले जनाएको छ ।

Advertise with us