पुर्वलडाकु कविता सुनाउँदै भक्कानिए


दाङ, मंसिर २८ । उदाहरण समूह, नेपालले घोराहीमा आयोजना गरिएको कम्ब्याट कविता कार्यक्रममा कविता बोकेर आउनु भएका डिएम नीशारको आँखामा आँसु देखियो । दश वर्षे युद्धमा विद्रोही बनेर हिडेका नीशार अहिले उद्यमीको रुपमा आफ्नो जीवन निर्वाह गर्दै आउनु भएको छ ।

DG Mobile Dang

तर युद्धको बेलामा कहिले बन्दुक त कहिले गीतसँगीतको माध्यमबाट परिवर्तन र जागरणका लागि गरेका कामहरुको उहाँलाई याद आयो । कविता बाचन गर्दागर्दै उहाँ भावुक हुनुभयो । उहाँको गलारुद्ध भयो । बोली टक्क अडियो । कार्यक्रममा उपस्थित भएका सहभागीहरु चुपचाप भए । कार्यक्रम हलमा सन्नाटा छायो ।

‘हामीले धेरै सम्बन्धलाई मृत्युको मुखमा पु¥यायौँ, धेरै आफन्तहरु गुमायौँ, भविष्यको कुनै ठेगान भएन ।’ कवि निशारले भन्नुभयो, ‘हामीले अहिलेको यति मात्रै परिवर्तनका लागि बन्दुक उठाएका थिएनौँ । हाम्रो बलिदानी यत्ती मात्र थिएन ।’ एक दर्जन बढि मोर्चामा लडाकु बनेर युद्धलाई देखेका अर्को कवि हुनुहुन्थ्यो महेश मानव ।

उहाँले आफ्ना दुई कविता बाचन गर्दै अहिलेको समाज, अहिलेको परिवर्तनले देशमा आधारभुत रुपमा कुनै पनि प्रकारले परिवर्तनको महसुस गराउन नसकेको बताउनुभयो । कवि क्षितिज मगर मुलतः कथाकार र कवि हुनुहुन्छ । उहाँले युद्धकै समयमा बन्दुकलाई साक्षि राखेर लेखिएका दुई कविताहरु बाचन गर्नुभयो ।

‘जस्को नेतृत्वमा हामीले युद्ध ग¥यौँ, र त्यसले कस्तो परिस्थिती निर्माण ग¥यो भन्ने कुरा सबैले देखिरहनु भएको छ ।’ पुर्वलडाकु तथा कवि मगरले भन्नुभयो । अर्का कवि प्रेमप्रकाशले पनि दुई वटा कविता बाचन गर्दै अहिलेको परिवर्तन नै अन्तिम नभएको उहाँले निश्कर्ष दिनुभयो । १० वर्ष लामो युद्धले परिवर्तन अहिले परिवर्तनले पुरा गर्न नसक्ने भन्दै उहाँले आफुले बन्दुक समाएर युद्ध नगरेपनि नजिकबाट युद्धलाई भोगेर यहाँसम्म आईपुगेको उहाँको भनाई छ ।

कार्यक्रममा युद्ध, कविता र सपनाको बारेमा त्यस विषयका जानकार, समालोचक, साहित्यकार तथा अधिकारकर्मी खेम बुढा मगरले एउटा सपना बोकेर युद्धमा बलिदानी दिन पुगेकाहरुले सोँचेको परिवर्तन अझै पुरा हुन नसकेको बताउनुभयो ।

कार्यक्रममा चार जना कविहरुको एक एक वटा कविता भिडियो निर्माण गरेर प्रर्दशन समेत गरिएको थियो । कार्यक्रमको सहजीकरण आशा वलीले गर्नुभएको थियो ।