टि-मार्टद्धारा कर्मचारीको बिमा


घोराही, पुस १९ । दाङको घोराही भरतपुरमा रहेको टिमार्टले आफ्ना कर्मचारीहरुको विमा गराएको छ । केही समय अघि खुलेको टि मार्ट डिपार्टमेन्ट स्टोरले कर्मचारीहरूका लागि निःशुल्क बिमाको व्यवस्था गरिदिएको छ ।

Buddha International Hospital
Advertise with us

सञ्चालक टिकाराम रावतका अनुसार टिमार्टमा कार्यरत ११ जना कर्मचारीहरुको निशुल्क विमा गरिएकोछ । नेशनल लाईफ ईन्सोरेन्स कम्पनीमा प्रत्येक कर्मचारीलाई एक लाखको दरले १५ वर्षे विमा गरिएको हो । कर्मचारीहरुको पेसालाई सुरक्षित तथा भरपर्दो बनाउनका लागि विमा गराएको सञ्चालक रावतले बताउनुभयो ।

उहाले विमा गराएपछि कर्मचारीलाई काम प्रति उत्पे्ररणा पैदा हुने र आफ्नोपनको महसुस हुने बताउनुभयो ।

Advertise with us