राम्री दुर्घटनामा ज्यान गुमाएका शिक्षक ओलीको परिवारलाई सहयोग

दाङ, पुस १९ । दाङको तुलसीपुर उपमहानगरपालिका ३ राम्रीमा पुस ५ गते भएको बस दुर्घटनामा मृत्यु भएका शिक्षक नरेश ओलीको परिवारलाई घोराहीको दिपशिखा माध्यमिक विद्यालय घोराहीले आर्थिक सहयोग गरेको छ ।

Buddha International Hospital

Advertise with us

विद्यालयमै एक कार्यक्रमको आयोजना गरेर मृतक वलीको श्रीमती सविता विष्ट ओलीलाई ८५ हजार १ सय ७५ रुपैया सहयोग गरेको हो । शिक्षक ओलीले पाउनु पर्ने मासिक तलव र विद्यालयको तर्फबाट ३६ हजार ५ सय ६० रुपैया व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद गौतमले हस्तान्तरण गर्नुभयो भने विद्यालयका शिक्षक साथीहरुको तर्फबाट ४८ हजार ६ सय १५ रुपैया विद्यालयका प्रिन्सीपल शोभाकान्त अधिकारीले हस्तान्तरण गर्नुभएको हो ।

साथै शिक्षक दुर्गा पुनले मृतक ओलीको सन्तानलाई शैक्षिक सामग्री सहयोग हस्तान्तरण गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौतमको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गौतमले मृतक ओलीको सन्तानलाई कक्षा १२ सम्म निशुल्क अध्ययन गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

मृतक ओलीको परिवार अहिले घोराही उपमहानगरपालिका वडा नं. १३ को डुम्मरगाउँमा बस्दै आउनु भएको छ । मृतक ओलीको श्रीमती संग अहिले २ वर्षको छोरी हुनुहुन्छ । आर्थिक अबस्था कमजोर भएको ओली परिवारको घर रुकुम रहेको विद्यालयले बताएको छ ।