‘नालायक भिसी राजिनामा दे ’

Advertise with us

दाङ, पुस १९ ।  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले स्वास्थ्य सेवा शुल्क बृद्धि गरेको विरोधमा विद्यार्थीहरु सडकमा उत्रिएका छन् । सरकारले निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने निर्णय विरुद्ध प्रतिष्ठानले स्वास्थ्य सेवा शुल्कमा चर्को बृद्धि गरेपछि विद्यार्थीहरु नै सडकमा उत्रिएका हुन् ।

Buddha International Hospital

Advertise with us

उनिहरुले प्रतिष्ठानको उपकुलपति विरुद्ध नाराबाजी गर्दै राजिनामाको माग समेत गरेका छन । विद्यार्थीहरुले प्रतिष्ठानको निर्णय विरुद्ध नाराबाजी गर्दै घोराहीका विभिन्न स्थानमा पुगेका छन् । ‘नालायक भिसी राजिनामा दे, स्वास्थ्य क्षेत्रमा माफिया बन्द गर, शुल्क बृद्धि गर्न पाईदैन, जनता मार्न पाईदैन, शुल्क बृद्धि गर्ने निर्णय खारेज गर, निशुल्क स्वास्थ्य सेवा कायम गर’ लगाएतका नारा लगाउँदै विद्यार्थीहरुले आक्रोश ब्यक्त गरे ।

घोराहीको मावि रझेनाबाट सुरु भएको विद्यार्थीहरुको जुलुस घोराहीका राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा कालो ब्यानर टाँस गरेका छन् भने प्रतिष्ठानको कार्यालय अगाडी नाराबाजी गरे । साथै उनिहरु घोराहीको तुलसीपुर चौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कार्यक्रममा बोल्दै विद्यार्थी नेताहरुले सरकारको निर्णयलाई च्यालेन्ज गर्दै प्रतिष्ठानले चर्को शुल्क लिने निर्णय गर्नु संविधान विरोधी कार्य भएको उनिहरुले बताएका छन् ।