घटेन हिंसा, थरिथरीका पीडित

रीता लामा

 

Buddha International Hospital

(रासस)ः कुटपिटबाट सहनै नसेकेपछि कोही न्याय खोज्दै आउँछन् त कोही विवाह गर्ने बाहनामा गर्भ बोकाएर छोडेको भन्दै गर्भसँगै हराएको पुरुष खोजी गरी दिन भन्दै आउँछन् ।

Advertise with us

घोराही उपमहानगरपालिका–१५ मा रहेको जिल्लास्तरीय सेवा केन्द्रमा पुरुषले दोस्रो विवाह गरेर आफूलाई अपहेलना गरको भन्दै न्यायको खोजीमा पनि महिला आइपुगेका हुन्छन् । बलात्कारमा परेर परिवार एवं समाजमा बस्न नसकेका, जिल्ला बाहिरबाट भेटघाट गर्न आएका र होटलमा लगेर बलात्कार गरिछोडेका महिला पनि आइपुगेका हुन्छन् । बेचबिखनका लागि भारत लगिँदै गर्दा प्रहरीले घर फर्काइदिएका र बेचिएर समाजमा हेपिएपछि पनि सेवा केन्द्रसम्म आश्रय लिन आइपुगेका हुन्छन् ।

घोराहीमा रहेको महिला पुनःस्थापना सेवा केन्द्रकी प्रमुख हुमा डिसीका अनुसार अहिले केही पीडितले प्रहरी वा अदालतमा जानुभन्दा पहिले नै सेवा केन्द्रमा न्याय माग्न आइपुगेका हुन्छन् । अघिकांश पीडित कुनै चिनेजानेको व्यक्तिको सिफारिसमा यहाँसम्म आइपुगेका हुन्छन् ।

गत आर्थिक वर्ष २०७४÷७५ को तथ्याङ्क हेर्ने हो भने सेवा केन्द्रमा गत एक वर्षमा मात्रै करीब १२१ जना महिला सेवा केन्द्रमा सेवा लिन आइसकेका छन् भने त्यति नै सङ्ख्यामा बालबालिका प्रभावित बनेका छन् । सेवा केन्द्रकी प्रमुख डिसी भन्नुहुन्छ, “दैनिकजसो महिला हिंसामा परेका घटना लिएर आउँछन् । उनीहरुले भोगेको पीडाको प्रकृतिअनुसार सेवा दिने गरेका छौँ ।”

उहाँका अनुसार महिलाको अवस्था हेरर कसैलाई अल्पकालीन सेवा त कसैलाई सम्बन्धित निकायमा पुगेर न्यायको लागि पहल गरिदिने गरेको उहाँले बताउनुभयो । अहिले नेपाल सरकारले सेवा केन्द्रमा हिंसापीडित महिलालाई बढीमा ४५ दिनसम्म राख्ने व्यवस्था गरिदिएको छ । केन्द्रमा पीडितभन्दा पहिले पीडिक आउने, विभिन्न अफवाह सुनाउने, धम्क्याउने, पीडितलाई झन पीडा दिनेजस्ता कार्यले आफूहरुलाई समस्या परेको डिसीको अनुभव छ ।

Advertise with us