शुल्क बृद्धिप्रति उपमहानगरको आपत्ति

घोराही उपमहानगरपालिकाले गत पुस १७ गते देखि लागु हुने गरि स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुरु गरेको स्वास्थ्य सेवा शुल्क बृद्धिको फिर्ता लिन आग्रह गरेको छ ।

Buddha International Hospital

Advertise with us

उपमहानगरपालिकाले बुधवार एक पे्रस विज्ञप्ती जारी गर्दै स्वास्थ्य सेवालाई नेपालको संविधानले मौलिक हकको रुपमा स्थापित गरेको सन्दर्भमा नेपाल सरकारको निशुल्क स्वास्थ्य सेवा समेत प्रभावित हुने खालको निर्णय तुरुन्त फिर्ता लिन आग्रह गरिएको छ । यसैगरि सिनेटको निर्णय विना प्रतिष्ठानले शुल्क बृद्धि गरेको भन्दै आपत्ति जनाइएको छ ।


विज्ञप्तीमा भनिएको छ ‘नेपाल सकारबाट अनुदानको व्यवस्था गर्न अनुरोध गरिसकिएकोले त्यस प्रतिष्ठानबाट बृद्धि गरिएको सेवा शुल्क फिर्ता लिन अनुरोध गर्दछौ ।’

घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्ति द्धारा हस्ताक्षरित उक्त विज्ञप्ती उपमहानगरका उपप्रमुख सीता सिग्देल न्यौपाने, प्रमुख प्रसासकिय अधिकृत संन्तबहादुर सुनार र स्वास्थ्य शाखाको संयुक्त बैठक पछि जारि गरिएको हो । विज्ञप्तीलाई उपमहानगकाका पवक्ता भरतराज न्यौपानेले संचारकर्मीहरुलाई वितरण गरेका थिए ।