जोखिम मोलेर सिंचाइ , चमारे र स्याले कुलो सिंचाई आयोजनाले फेरिएको गाउँको कथा

Advertise with us

दिवाकर पोख्रेल

Buddha International Hospital

देउखुरी, पुस । दाङको राजपुर गाउँपालिका वडा नं. ५ को महतिनियाँ गाउँका स्थानीयले जोखिम मोलेर सिंचाईको व्यवस्था मिलाएका छन् । सदाबहार सिंचाइ हुने गरी स्थानीयको पहलमा स्याले कुलो सिंचाइ योजना र चमारे कुलो सिंचाइ योजनाबाट गाउँका सबै जसोमा जमिनमा सिंचाइ हुने गरेको छ ।

Advertise with us

केहि बर्ष पहिले जंङगली जनावर आहोर दाहोर गर्ने जमिनमा अहिले अन्न तथा नगदेबाली उत्पादन गरि स्थानीयले आम्दानी लिइरहेका छन् । स्याले कुलोले महतनियाँ गाउँको ३० बिगाहा र चमारे कुलोले ४५ विगाहा क्षेत्रमा सिंचाइ हुने गरेको स्थानीय लक्ष्मीप्रसाद बुढाले जानकारी दिनुभयो ।

‘पहिले सिंचाइ नहुंदा खेतबारी बाँजै थिए । अहिले तरकारी देखि सिजन अनुसारको बाली लगाउँदै आएका छौ ।’ बुढाले भन्नुभयो । नेपाल सरकारको पाँच लाख अनुदान र स्थानीयको श्रमदानबाट निर्माण गरिएको स्याले कुलो सिंचाइ योजना पुरा भएको तत्कालिन कुलो सिंचाइ उपभोत्ता समितिका अध्यक्ष खिमवहादुर रानाले जानकारी दिनुभयो ।

यसैगरी चमारे कुलो सिंचाइ योजना सम्पन्न गर्न साँसद विकास कोष, राष्ट्रपती चुरे तराइ मधेश संरक्षण विकास समिति गरी कुल १७ लाखमा योजना सम्पन्न भएको हो । कुलो सिंचाइ योजना सम्पन्न गर्नको लागि राष्ट्रपती चुरे तराइ मधेश संरक्षण विकास समितिले पनि यस क्षेत्रमा धेरै लगानी गरेको छ । बाँध संरक्षण, मुहान संरक्षण, जैविक विविधताको क्षेत्रमा लगानी गरेको चुरेले त्यस क्षेत्रका स्थानीयलाई आयआर्जन तर्फ पनि केन्द्रित गरेको छ ।

मुहान संरक्षण, पानी संरक्षण र जैविक विविधता संरक्षण गरि चुरे जोगाउने क्षेत्रमा समितिले लगानी गर्दै आइरहेको छ, यसबाट स्थानीय नागरिकहरुले सिंचाइ र पानीको सुविधा पाइरहेका छन् ।

चुरे संरक्षण र भुसंरक्षण समिति मार्फत लगानी गरी गाउँमा सिंचाइ सुविधा पुगेपछि गाउँलेहरुले पनि कृषि क्षेत्रमा राम्रो प्रगती गरेका छन् । कागती खेती व्यवसाय थालेका स्थानीयले बर्षातमा पहिरोले कुलो बगाउँदा समस्या पर्ने गरेको बताउछन । ‘बर्षातमा पहिरोले कुलो पुर्ने र बगाउने गर्दा भिरपाकामा जोखिम मोलेर यसको मर्मत गर्नुपर्छ ।’ केहि बर्ष पहिले कुलो मर्मत गर्दा स्थानीय नौ जना पहिरोमा पुरीएको स्मरण गराउँदै स्थानीय गंगा केसीले बताउनुभयो ।

स्थानीय सामाजिक अभियान्ता महेश रिजालले पक्की कुलो निर्माणको लागि सम्बन्धित निकायले पहल गरे स्थानीय नागरिलाई स्याले कुलो र चमारे कुलो बरदान सावित भएको बताउनुभयो । राजपुर गाउँपालिका प्रमुख लोकराज अधिकारीले महतिनियाँ क्षेत्रमा सिंचाईको स्थायी व्यवस्था गर्न गाउँपालिकाले पहल गर्ने बताउनुभयो ।

‘त्यस क्षेत्रका नागरिकले अहिले पनि जोखिम मोलेर भएपनि सदावहार संचालन हुने गरि सिंचाइ गर्न पाउनु भएको छ, बर्षादको समयमा हुने समस्याको हकमा पनि गाउँपालिकाले योजना बनाउँछ’ प्रमुख केसीले भन्नुभयो ।