लमहीमा लैंगिक हिंसा न्युनीकरणका लागि यायायात व्यवसायी सँग अन्तरक्रिया

ओमप्रकाश गुप्ता

लमही २० मंसिर । लमहीमा लैंगिक हिंसा विरुद्धकाे कार्यक्रम सम्पन्न भएको छ। देउखुरी सामुदायिक सेवा केन्द्र लमहीकाे अायाेजनामा यातायात क्षेत्रमा हुन सक्ने लैंगिक हिंसा न्युनिकरण गर्ने सवालमा यातायातका पदाधिकारी , कर्मचारी , प्रहरी , नागरिकहरु विच अन्तरक्रिया गरिएको थियाे ।

tulsipur Mahotsab

देउखुरी सामुदायिक सेवा केन्द्रका अध्यक्ष किरण शाहकाे अध्यक्षता एंवम् वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलियाकाे प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियाे । कार्यक्रममा वाेल्ने बक्ताहरुले हिंसा विरुद्ध सबै एक भएर लाग्नु पर्नेमा जाेड दिएका थिए । यातायात ब्यावसायीहरुले अाफ्नाे कार्यस्थलमा लैंगिक हिंसा राेक्न विभिन्न सचेतनामुलक कार्यक्रम गर्ने लिखित प्रतिवद्वता गरेका छन् ।

कार्यक्रममा यातायात ब्यावसायीका तर्फवाट कृष्ण रसाइली , केशव जिसी, प्रेम वुढाथाेकी , विष्णु सिंह ठकुरी लगायतले बोलेका थिए । कार्यक्रमकाे संचालन सेवा केन्द्रकी सचिव सीता चाैधरीले गरेकी थिइन् । भने स्वागत काेषाध्यक्ष दिपा खत्रीले गरेकी थिइन् ।