सिभिल बैंकको बार्षिक उत्सवको अवसरमा रक्तदान

दाङ, मंसिर २० । सिभिल बैंक लिमिटेडको तुलसीपुर शाखाले ९ औं बार्षिक उत्सवको अवसरमा तुलसीपुरको वीपी चोकस्थित कार्यालय परिशरमा शुक्रवार रक्तदान कार्यक्रम गरेको छ । बैंकका शाखा म्यानेजर प्रनिल पछाँईले कुनैपनि विरामी तथा घाइतेको रगत अभावमा अकालमा ज्यान नजावस भन्ने हेतुले रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

‘रक्तदान नै जीवन दान हो,’ म्यानेजर पछाँईले भन्नुभयो, ‘वित्तिय संस्थाहरुले संधै मुनाफा मात्रै खोज्ने हैन, सामाजिक उत्तरदायीत्व पनि निर्वाह गर्नुपर्छ भन्ने हाम्रो मान्नेता हो ।’ ९ औं स्थापना दिवसको अवसरमा बैंकको तुलसीपुर शाखाले तलवी खाता बाफत औषधीको विमा दाबी गर्ने एकजना खातावालाई रकम समेत हस्तान्तरण गर्न लागेको शाखा म्यानेजर पछाँईले जानकारी दिनुभयो ।

tulsipur Mahotsab

सिभिल बैैंकले शुन्य व्यालेन्समा खाता खोल्दै आएको छ । तुलसीपुर उपमहानगरपालिकाका कर्मचारी अनन्त गौतमले बैंकको तुलसीपुर शाखामा गरेको दाबी अनुसार १८ हजार ४ सय ३६ रुपैंया तलवी खाता बाफतको औषधीको विमाको रकम हस्तान्तरण गर्न लागिएको शाखा म्यानेजर पछाँईले जानकारी दिनुभयो ।